जुम्लामा पालिका स्तरीय फुलसल प्रतियोगिता


जुम्ला ःखेलक्षेत्रको बिकास गर्नका लागी जुम्लामा दुई दिने फुटसल प्रतियोगिता भएको छ ।कर्णालीको हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्युट फुटसल निर्माण गरि पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । जुम्लामा फुलसल कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठुलो शहरका रुपमा जुम्लाको मुकाम खलंगा परिचित छ । दोस्रो ठुला सहर र जनघनत्व भएको स्थानमा भने खेल मैदान अर्थात फुलबल मैदान छैन ।
यहाँको टुडिखेलस्थित खेल मैदान नन्दबक्स गण नेपाली सेनाको स्वामित्वमा छ । तर सार्वजनिक खेल मैदान छैन । केही सार्वजनिक प्रकृतिका खेलकुद प्रतियोगिता गर्नु परेको खण्डमा नेपाली सेनाको अनुमति विना खेल सञ्चालन गर्न पाइदैन । तर यहाँका स्थानीयले आफ्नै लगानीमा फुलसल मैदान निर्माण गरेका छन् ।उनीहरुले नियमित प्रतियोगिता सञ्चालन गर्दै आएको छन् । फुटसल जुम्लाको सदरमुकाम खलंगा सामुद्रिक सतहदेखि दुई हजार तीन सय ७५ मिटर उचाइमा रहेको छ । कर्णाली प्रदेशकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको हो ।

चैत १ गतेदेखि अन्तर पालिका स्तरीय जनप्रतिनिधि र कर्मचारी बीच फुटसल प्रतियोगिता गरेका हुन् ।दुई दिनसम्म सञ्चालन हुने फुटसल प्रतियोगितमा प्रतियोगितामा जुम्लाका आठ स्थानीय तहका १४ वटा टिमको सहभागिता रहेको छ । जसमा ९ वटा कर्मचारीको टिम छ । भने ५ वटा जनप्रतिनिधिको टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन । गुठिचौर, कनकासुन्दरी र हिमा गाउँपालिकाका जनप्रतिनिधिको टिमले भने सहभागिता नजनाएको आयोजक कर्णाली फुटसल एण्ड स्पोर्ट हव जुम्लाले जनाएको छ । संघियता कार्यान्वयनको साढे तीन वर्ष पुरा भएको अबसरमा स्थानीय तह बीच एक आपसमा सहकारिता, सद्भाव, समन्वय, सहकार्य र सह अस्तित्व कायम गर्न पहिलो पटक स्थानीय तहका जनप्रतिनिध र कर्मचारी बीच फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

पहिलो खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलका विरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै पराजित गरेको छ । यहाँका तीनजना व्यक्तिको निजी लगानीमा फुटसल निर्माण गरिएको हो । चन्दननाथ नगरपालिका– ५ कालेखोलीमा ९५ लाख लगानीमा निर्माण गरिएको फुटसल मैदान सञ्चालनमा ल्याएको थिए ।

यहाँका स्थानीय निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख संयुक्त लगानीमा फुटसल निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।फुटसल सञ्चालनक प्रकाश शाहीका अनुसार दुई वर्ष पहिलेको पूर्वतयारीअनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई खेलकुद हबका रूपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालन ल्याइएको हो ।११ महिनाको अवधिमा ९५ लाख लागतमा सबै सामग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई खेल क्षेत्रबाट चिनाउने उद्देश्यका साथ फुटसल निर्माण गरिएको शाहीको भनाइ छ ।

 

सम्बन्धित समाचार