जुम्लामा अखाद्य बस्तु बिक्रिबितरण

जुम्ला ःजुम्लामा अखाद्य बस्तु बिक्रिबितरण गरेको पाईएको छ । उभोक्ताको स्वाथ्यलाई मध्यनजर गरी जिल्ला प्रशासनले छड्के अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईको संयोजकत्वमा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा बजार अनुगमन गर्दा उपभोक्तालाई अखाद्य बस्तु विक्रीवितरण गरिएको भेटिएको हो ।

खाद्य तथा किनार पसल, अनुगमन गर्दा अखाद्य बस्तु विक्री वितरण गरेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए ।उनले भने सदरमुकाम बजारमा अखाद्यबस्तु बिक्रि बितरण हुने गरको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै अनुगमन गरिएको हो ।अनुगमनको गर्दा अधिकांस पसल संञ्चालकले मूल्य सूचि टाँस गर्ने गरेका छैन । पसलमा मुल्य सुची टाँस्ने सुझाव दिइएको छ ।जुम्ला बजारका ’२६ वटा पसलमा अनुगमन गरिएको छ । जुम्लाका बजारमा रहेका ठुला व्यापारीले पनि अनुगमनको जानकारी पाएपछि पसल बन्द गरेर आफ्नो कमजोरी लुकाउने कार्य गरेको भेटीएको छ ।उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख पदम प्रसाद उपाध्यायले ,अनुगमनको क्रममा भेटिएको अखाद्य बस्तु सबै भन्दा बढी मिठाइ भेटिएको छ ।

अधिकांस ब्यपारिले ६ महिना सम्म खाने मिल्ले मिठाइ तिन वर्ष सम्म ब्यापारिले बिक्रिगरेको पाइएको छ ।दालमोट ,तेल , बिस्कृट , चाउचाउ , मिठाइ, फान्टा जस्ता समान म्याथ गुज्रेको पाइएको छ ।यस्ता खालका अखाद्य बस्तु बिक्रि गर्दा उपभोताको स्वास्थ्यमा दिर्गकालिन असर पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख अमृत भुषण सुमनले बताए ।

बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईको अगुवाइमा गरिएको बजार अनुगमनमा  २००१५ रुपैयाको सामान जफत गरी नष्ट गरीएको छ । जफत गरिएको समान प्रहरीको रोवरमा नष्ट गरिएको छ ।खाद्य ,खुद्रुा पसल लगायतका ब्यवसायिक बाट म्याथ गुज्रेको सामान जफत गरी गरिएको छ । ’बजार अनुगमनमा नगरपालिका ,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी प्रशासन र पत्रकार सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार