प्रजिअ थापालाई कोशेली दिन आएका राउटे राहत लियर फर्किय


जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोशेली दिन आएका राउटे राहत लियर फर्किएका छन। राउटेले आफुहरुले निर्माण गरेका काठका कोशेली दिन जुम्लाका प्रजिअ सामु पुगेका हुन । जुम्लाका प्रजिअ थापाले हिमपातको चिसो समयमा आएका राउटेलाई राहत प्रदान गरेका छन।कोशेली दिन भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेका राउटेलाई प्रजिअ थापाले राहत उपलब्ध गराएका हुन । यस अघि हिमपात पुर्व तयारी योजना बनाएर जुम्लाका विपन्न नागरिकलाई कम्वल, खाद्यन्न, जकेट जस्ता न्यानो वितरण गर्दै आइरहेका प्रजिअ थापाले राउटेलाई पनि राहत दिइएका छन ।
जंगलमा घुमन्ते जिबन बिताउने राउटे दाजुभाइले प्रशासन संग घर परिवारको लागि चामल माग गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ,जुम्ला पुगेका सबैलाई प्रतिकेजी २५ केजीका दरले ३ प्याक चामल र पाँच सय रुपैयाँ बाटो खर्च भनेर दिइएको छ । प्रजिअ थापाले भने् त्यो रकम खाजा स्वरुप उपलब्ध गराईएको हो । प्रजिअ थापाले राउटे समुदायलाई सुर्खेत सम्म जाने बस समेत व्यवस्थापन गरिएको बताए ।राउटे सामुदाय सिडिओ सापलाई भेट्ने अनि आफ्नै हातले निमार्ण गरेका कोशेली दिएर जाने भनेर प्रशासन कार्यालय जुम्लामा पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी थापाले ,हिजो होटलमा ढिलो पुग्दा खान नपाकेको भन्ने गुनासो गरेको बताए । उनले भने ,उनिहरुको गुनासो लाई मध्यनजर गर्दै खान खाने व्यवस्था मिलाईयो । जुम्लामा यति बेला हिमपात भएकाले उनिहरुले चिसो भयो भनेपछि सुर्खेत सम्मको व्यवस्था गरेर पठाइएको प्रजिअ थापाले बताए ।जुम्ला पुगेका राउटेलाई प्रशासनले राहत र गाडीको ब्यवस्था गरेपछि निकै खुसि भएका थिए । उनीहरु बर्षेनी आफुहरुले बनाएका काठका भाडा कोशेली स्वरुप लिएर जुम्ला पुग्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचार