बाबुराम र उपेन्द्रको पाटी एकता हुने, नाम समाजवादी पार्टी नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको छ ।
दुई पार्टीबीच वैशाख २३ गते एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो ।
शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।
एकीकरण गर्ने समझदारीपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले एक संयुक्त वक्तब्य जारी गर्दै विगत केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर संघीय समाजवादी पार्टी नेपाल बनाउने ऐतिहासिक समझदारी भएको उल्लेख गरेका छन् ।








