कनकासुन्दरीगाउपालिकाको कार्य प्रगति कृषि र पर्यटनमा

जुम्ला ः जुम्लाको कनकासुन्दरी गाउँपालिकाले साढे तीनवर्षको अवधिमा कृषि, पर्यटन र खषभाषा संरक्षणका क्षेत्रमा उल्लेखीय काम गरेको छ ।नेपाली खषभाषाको उद्गम स्थल कनकासुन्दरीलाईमा खस सभ्यताको अध्यायन केन्द्रका रुपमा विकास गर्ने, कृषिमा आत्मनिर्भर पालिका बनाउने र ऐतिहासिक पर्यटन क्षेत्रलाई प्रर्बद्धन गर्दै पर्यटक भित्राउने लक्ष्यका साथ काम अघि बढीरहेका छन् ।
कृषि र पर्यटन सम्भावनलाई अबसरमा बदल्न अल्पकालिन,मध्यमकालिन र दिर्घकालिन योजना बनाएर बजेट खर्च तथा विकास निर्माण अघि बढेको गाउँपालिकाका अध्यक्ष नरविर रावतले बताए । कृषि,पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको कनकासुन्दरीले विभिन्न बाधा अड्चनका बीच साढे तीन वर्षे अवधिमा काम सन्तोषजनक नै उहाँको भनाई छ ।

कृषि तथा पर्यटनका क्षेत्रमा भएका अथाह सम्भावनालाई अवसरमा बदल्न गाउँपालिकाले सुरुवातदेखि नै पूर्वाधार विकास, व्यावसायिक योजना निर्माणमा जोड दिँदै आएको छ । अध्यक्ष रावतले भने,“पर्यटकीय पूर्वाधारअन्तर्गत गाउँपालिकाका ९ वटै वडामा पदमार्ग, सडक सञ्जाल पुरायाएका छौ । भने,पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरको संरक्षणमा पनि ठूलो लगानी गरेका छौं ।

साथै सिंजा सभ्यता संरक्षणका लागि खस संग्रहालयको निर्माण कार्य जारी छ । जसलाई खस सभ्यता अध्यायन केन्द्रका रुपमा विकास गरिदै छ ।” पर्यटनपछिको दोस्रो सम्भावनाको क्षेत्र कृषिबाटै किसानको जीवनस्तर उकास्न रोजगारमुखी कृषिमा लगानी बढाएको छ । चालू आवमा मात्रै १ करोड १० लाख बजेट कृषिमा छुट्याएको उपाध्यक्ष उर्मिला भण्डारीले बताईन् ।उनका अनुसार ओखरखेती, बाख्रापालन, व्यावसायिक तरकारी खेती तथा सामुहिक खेती गर्नेलाई अनुदान दिने योजनासहित बजेट विनियोजन गरिएको छ । उपाध्यक्ष भण्डारीका अनुसार स्थानीय सरकार आउनु पहिले पूर्वाधार विकासमा शून्य कनकासुन्दरीका गाउँगाउँमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्यचौकी भवन, पर्यटकीय पदमार्ग निर्माण लगायतका पूर्वाधार निर्माणले गति लिएको छ । साढे तीन वर्षको अवधिमा डेढ दर्जन विद्यालयमा पक्की नमुना भवन, मालिका बोता बुम्रमाडी चौरमा बृहत खानेपानी आयोजना, हाडसिंजा स्वास्थ्यचौकीमा ल्याब सञ्चालन, मालिकाबोतामा १ सय किलोवाट विद्युत उत्पादन गरिएको छ ।साथै, सुनसान गाउँपालिकाको उपनाम पाएको कनकासुन्दरीलाई तीन वर्षमा सञ्चारको पहुँचमा पु¥याइएको छ भने माथिल्लो कर्णालीका स्थानीय तहमध्यकै ठूलो १८ करोड ५० लाखको लागतमा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढेको प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले बताए । संघीयताअघि पूर्ण रूपमा ओझेलमा परेका ऐतिहासिक पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय काम भएका छन् ।

नेपाली खस भाषाको उद्गमस्थल, धार्मिक ऐतिहासिक पर्यटकीय सम्भावनाको खानी, ऐतिहासिक महत्वका भाषाशैली, रहनसहन, भेषभुषा तथा नेपालकै खष सभ्यताको अध्यायन थलोका उपनामले कनका सुन्दरी चिनिन्छ । खषभाषा उत्पत्ति भएको हाँडसिंजा कनकासुन्दरीमै पर्छ । कनकासुन्दरी मन्दिर, पाण्डवगुफा, विराट दरवार, गरुडनुहनी, तिलिचौरमाई, कनकासुन्दरी मन्दिर, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेवीको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकीय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा आदि प्रख्यात ऐतिहासिक पर्यटकिय स्थलहरू हुन् ।

यीनै पर्यटन क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन गर्ने सोचमा कनकासुन्दरी छ । संघिय सरकारको डेढ करोड बढी लगानीमा निर्माण हुन लागेको खष संग्रालयलाई अध्ययान केन्द्रका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण केन्द्र बनाउने अध्यक्ष नरविर रावतको दाबी छ ।

सम्बन्धित समाचार