मागी खाने भाँडो बन्यो ,नेपाल बालसंंगठन जुम्ला



दिलमाया शाही
जुम्ला ः जुम्लाका बालबालिकाको हक हित र कल्यानका लागी काम गर्ने भनेर बि.सं २०१मा स्थापित भएको नेपाल बालसंगठन जिल्ला कार्या समितिको कार्य अस्तब्यस्त बनेको छ । ५० वर्षको अवधिपार गरेको नेपाल बालसंगठन जिल्ला कार्या समितिको कुनै लेखा जोखा पाइएको छैन । बालिबालिकाको बौद्धिृक क्षामता अभिबृद्धी गर्ने भनेर बनेको बाल संगठन केही ब्यक्तिको मागी खाने भाँडो बनेको प्रति दुख लागेको समाज सेवी गौरी नन्द आर्चायले बताए । उनले भने ,यसले स्थापना कालयमा अनाथ ,असाय बालबाकिालाई गाँस बाँस कपास र शिक्षाको लागी सिपारिस गर्ने काम गरेको थियो । त्यस पछिको एक दर्शक यसले कुनै किसिमका कार्य अगाडी बढाउको पाइदैन ।

आर्चाय भन्छन , सुरुमा यसको आर्थिक स्रोत थिएन सबै संग समन्वय गरेर बालबालिकाको लागी काम गरेको थियो । तर पछिल्लो एक दर्शक भयो,नेपाल बालसंगठनको जग्गामा कर्णाली पुस्तकालयको भवन बन्यो। ,त्यस पछि बालबालिका लागी काम गरेन यस बाट उठेको रकम खाने मिलोमतो चलेको छ । त्यस्तै जुम्लाका युवा धनराज सुनारले भने , बालसंगठन पछिल्लो समयमा निष्कृय बनेको छ । ,एक दर्शकको अवधिमा हामीले बालसंगनको नाम सुनेकै छैनौ उनले भने , पछिल्लो समयम यसको बारेमा आफुलाई कुनै जानकारी छैन । बाल संगठनको ढोका प्रया खुल्दैन बन्द हुन्छ । कर्मचारीलाई तबल खानेबेला बाहेक अघिपछि ढोका खुलेको देखीदैन ।

कुनै लेखाजोखा पाइएन  :सभापती खत्री

५० औ वर्षमा पुगेको बाल संगठनको जग्जामा २६ कोठाको भवन भनेको छ । त्यस आसपासमा ५ वटा टहरा बनाइएका छन । भवन र टहरा सबै भाँडामा दिएका छन। तर यसबाट उठेको रकमको बारेमा कुनै लेखा जोखा नभएको नेपाल बाल संगठन जिल्लाकार्यसमिति जुम्लाका सभापती जय बहादुर खत्रीले बताए । उनले भने, महिले नेपाल बालसंगठनको जिम्मेवारी पाएको २०७७ पुस ६ गते हो । उनले थपे बालसंगठनको नाममा खोलीएको बैंकको खातामा १ हजार चार सय २१ रुपौया छ । उनले भने एउता खाता बालसंगठनको छ , भने ओर्को खाता कर्णाली पुस्तकालयको नाममा रहेको पाइएको छ । उनले भने , बालसंगठनको मातहातमा संञ्चालन भएको पुस्तकालयको फरक खाता किन भन्दा भवन निमार्ण गर्दा सम्झौता भएको थियो भन्ने ,कर्णाली पूस्तकालयका अध्यक्ष बिष्णु बहादुर शाहीको जफाव छ । सभापती खत्री भन्छन २०७७ र ७८को आर्थिक प्रतिवेदन आफुलाई उपलब्ध गराउन बैठक बसी निणर्य गरेको छु । उनले भने तर अहिले सम्म दिएका छैन ।

सभापती खत्री भन्छन ,भवनको भाडामा दिएको सम्झौता समेत उनीहरुले उपलब्ध गराएका छनै । बालसंगठनबाटै संञ्चालित सामुदायिक पुस्तकालयमा दुइ वटा खाता खोल्नुको कारणले र्नै आर्थिक हिनमिना भएको कुरा प्रष्ट छ । उनले भने, जिल्ला बालसंगठनको अर्थिक प्रतिवेदनको कुरा छोडौ कुनै दिन बैठक बसेको माइनट समेत छैन ।उनले भने आफु बालसंगठनको सभापती भइ आएपछि बारम्बार आर्थिक तथा भौतिक सम्पती बिवरण बुझाउन ताकेता गरेको छु ।
नायँ सभापती आए पछि कर्मचारीको तलब बढाउन हतार
बाल संगठनका दुई जना र पूस्तकालयका तिन जना गरी ५ जना कर्मचारी छन। यस अघि नेपाल बाल संगठनका दुइजनालाई मासिक ५ । ५ हजार दिने गरी दश हजार तलब तोकिएको थियो । बाल संगठनका दुई कर्मचारी भएपनि बालशिक्षा पढाउने भनेर राखेकी दलित महिलाले आफुलाई साउन देखीको तलब नदिएको बताएकी छन। त्यस्तै पूस्तकालयका तिन जना कर्मचारीलाई पनि यस अघि ७ हजार , ८ हजार र ५हजार तलब दिइएको थियोे । तर नेपाल बाल संगठन जिल्लाकार्यसमिति जुम्लामा सभापती जय बहादुर खत्री आएर हिसाव किताब मागे पछि कर्णाली पूस्तकालयका र बाल संगठनका कर्मचारीको तलब बढाएको छ ।

५हजार बाट बढेको तबल१४ हजार सम्मा पुगेको सभापती खत्रीले बताए । उनले भने बालसंगठन मागी खाने भाँडो भएको छ । यसको कुनै लेखाजोखा छैन । उनले भने ,बाल संगठनको खातामा ४० हजार महिना जम्म हुने रहेछ अनि पुस्तकालयको खातामा ६० हजार जम्म हुने गरेको बैक स्टामेट बाट देखाएको छ । तर यो रकम काहा कसरी खर्च भयो भन्ने कुनै अधार छैन । उनले उनीहरुले स्पष्टरुपमा आर्थिक बिवरण नबुझाएको खण्डमा कानुनी प्रक्रिया मर्फत अगाडी बढ्ने बताए। त्यस्तै यस बिषयमा पुर्वसभापती जगदिस चौलागाई  बुझ्दा उनले सबै कुरा पुस्तकालयका अध्यक्ष बिष्णु शाही र ब्यवस्थापक रत्नचन्द्र उपाध्यायलाई जानकारी भएको बताए ।उनले भने , कर्मचारीलाई पौसा चाहियको खण्डमा चेक आउने गरेको थियो । उनले म आफु ब्यस्तका कारण कार्यालयमा नगयर हस्तारक्षर गर्ने गरेको बताए ।पुस्तकालय तथा बाल संगठनका ब्यवस्थापक ,रत्नचन्द्र उपाध्याय भने ,बालबालिका क्षेत्रमा कुनै काम नभएको स्वकारेका छन ।उनले भने आफु जिल्ला बाहिर छु सबै लेखा जोखा छ । तर प्रभावकारी भएको छैन ।यसमा सभापती खत्रीले भनेका कुरामा मेरो सहमती छ ।

मासिक एक लाख बढी उठ्ने रकमको कुनै आधार छैन
बालसंगठनको जग्गामा २६ कोठाको भवन र ५ वटा टहरा निमार्ण भएका छन ।भवन र टहरा सबै भाडामा दिएका छन। त्यहाबाटको भाडा न्युनतम ५ सय र अधिकतम १८ हजार सम्मा तिर्ने गरेको त्यहा ब्यवसाय गर्दै आउका ब्यापारिले बताएका छन । उनिहरुले कर्णाली पुस्तकालयलाई दिर्दै आएको भाडादरको बारेमा जनाकारी दिएका छन। जसमा आरदना जनरल स्टोरले मासिक , १८ हजार ५सय ९५ तिर्ने गरेको संञ्चालक ,गोमा नगरकोटीले बताइन ,। त्यसतै १४ हजार ५ सय २० रुपौया ,अनस जनरल स्टोरले तिरेको छ । सबै भन्दा सानो टहरामा बस्ने जगसिला खड्काले ५सय मात्रै तिरेकी छन। भने ४ हजार भुवनेश्वरी खाद्द तथा खुद्रुरा पसले तिरेको छ । त्यस्तै ३ हजार दियालो सहकारीले लिएको टहराको भाँडा छ । भने , मायादेवी जनरल स्टोरले ९ हजार भाडा तिरेको छ । त्यसै गरी १० हजार ८सय ९० हिखोला फोटो ्स्टोडियोले तिरेको छ ।

त्यस्तै रमेश फेन्टी स्टोरले २४ सय तिरेको छ । भने , सगुन टेड्रसले जनरल स्टोरले १७ हजार भाडा तिरेको छ । त्यस्तै त्यही नजिकै रहेको चिया पसलले ५ हजार तिरेको छ । भने, चन्दननाथ बहृउद्देश्यले सहकारी सस्थाले ११ हजार तिरेको छ । त्यस्तै होटल अनिघरले मासिक ४ जार तिरेको छ । भन,े नाइस मोबाइल रिपेरिङ सेन्टरले ८ हजार गरी १ लाख ७ हजार ९सय ५ रुपौया मासिक रकम उठने गरेको पाइएको छ । भाडाबाट उठाइएको यो रकमको लेखा जोखा बालसंठनको कर्यालयमा छैन । यो रकम स्वय पसल संञ्चालक बाट सोधेर जोडीएको रकम हो ।

यस रकमको बार्षिक हिसाव गर्दा एक वर्षमा १२ लाख ९४ हजार ८ सय ६० रुपौया हुन आउने गरेको छ। नेपाल बालसंंगठन जुम्लाको भवन बाट उठेको रकमको अनियमिता एक वर्षको भने होइन एक दर्शककै हो । यसै लाइ बार्षिक आधार मानेर हिसाव गर्दा १५ कारोड ५३ लाख ८३ हजार २ सय रुपैया हुन आउने गरेको छ । यसरी सम्बन्धी निकाय मौन बस्दा केही ब्यक्तिको हालिमोहाली चलेको हो । कलिला मुना भनेर चिनिने बालबालिका होटलमा भाँडा मास्काउदै गरेको देखीन्छन । यसरी बालबालिकाको नाम बाट रकम हिनमिना हुदा सबै सरोकारवाला निकाय मुखदर्शक बनेको छन।
बाल संगठनको बोड नै अन्नी घर होटलको ढोका

नेपाल बाल संगठन जिल्लाकार्यसमिति लेखीएको बोड अन्नी घर होटलको ढाकामा हिउदको हिउ र बर्खाको पानीले गलेको छ । बालबालिकाको हक हित र कल्यानका लागी काम गर्ने भनेर स्थापना भएको सस्था नै अस्तब्यस्त बनेको छ ।

  उद्देश्य

नेपाल बालसंंगठनको बिधानमा भएका उद्देश्य हेर्दा यति गौर्व नर्ग लाएकका छन । भनेर साध्य छैन । बाल बातावरण , बाल शिक्षा , बाल स्वास्थ्य बाल संरक्षण बाल पौष्टिक जस्ता महत्व पुर्ण कुरा समेटिएका छन। तर यसको लागी काम गर्ने भनेर स्थापना भएको बोर्ड नै जुम्लाको धुलोले चिन्न सकिदैन । नजिकै गयर राम्रो संग निहाल्दा मात्रै देखीन्छ नेपाल बाल संगठन लेखेको बोड हो भनेर। नेपाल बालसंगठनको, लागी केन्द्रमा रहेर समाज कल्यान मन्त्रालयले काम गरेको पाइएको छ ।