माईनस डिग्रीको कठयांग्रिदो जाडोका बिपन्नलाई न्यानो कपडा बितरण गर्दै, जुम्ला प्रशासन


दिलमाया शाही
जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले सिजा गाँउपालिकामा रहेका बिपन्न नागरिकलाई हिमपात तथा अत्याधिक जाडोवाट बचाउन न्यानो कपडा बितरण गरेको छ । प्रशासनले बिपद् पूर्व तयारी स्वरुप न्यानो कपडा कम्बल ज्याकेट वितरण गरेको हो । जुम्लाका प्रजिअ भुपेन्द्र्र थापा , कर्णली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी , प्रदेश सभा सदस्य संसद पदम रोकाया, कर्णाली प्रदेशका प्रहरी प्रमुख बसन्त पंन्त , ससस्त्रपहरीका डिएपी गगन श्रेष्ठ ,लगायतको टोलीले बिपन्नलाई न्यानो कपडा बितरण गरेका हुन ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जुम्लाको माइनस डिग्रीको चिसोका दैनिकी बिताउर्दै आएकालाई न्यानो कपडा बितरण कार्यमक्रमले राहत हुने बताए । उनले भने यस्ता खाल्का कार्यक्रम अब स्थानिय सरकारले गर्नु पर्छ । मन्त्री भण्डारीले बिपन्न नागरिकले गाँसबास कपासको ग्यारेन्टी गर्ने राज्यको दायित्व पनी हो । जुम्लाका प्रजिअ थापाले  चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्ने नागरिकका लागी कम्बल र जकेट दिइएको छ । उनले भने प्रशासनले कठयांग्रिदो जाडोमा थुरथुर कामेर रात बिताउन बाध्य नागरिकका लागी न्यानो कम्बल र जकेटले राहतको महशुस हुने छ ।

प्रजिअ थापाले भने ,जिल्ला प्रशासन कार्यालयले विपद कोषबाट बिपन्न नागरिकका लागी कम्बल र जकेट वितरण गरेको हो । उनले भने ,जसलाई राज्यको सहयोग आबश्यकता छ त्यस्ता ब्यक्ति पहिचान गरी न्यानो कपडा बितरण गरेका छौ । उनले थपे अब सरकारले मात्रै सम्भव हुदैन, यस्ता कार्य नागरिक स्तरबाटै लागु गर्नु पर्छ । उनले भने हुने नाथगरिकले दिने र नहुनेले लिने जस्ता कार्यकोअभियान अबश्यकछ ।

दिनसक्नेले दिएमा र बिपन्नले लिने जस्ता कर्यले गरेको खण्डमा एक अर्का बिचको मानवियता हुने छ प्रजिअ थापाले भने, चिसो अत्याधिक बढेपछि हिमपात विपद व्यवस्थापन कार्यक्रम अनुसार राहत र उद्धारका कार्यलाई बढाइएको छ । जस अन्तरगत्त सिजागाउपालिकाका १२ जनालाई न्यानो कपडा दिइएको छ ।

यसअघि प्रजिअ थापालेको पहलमा ६ जना सडक मानवको दिगो व्यवस्थापन भएको छ ।प्रशासनले जुम्लामा हिमपात लक्षित जोखिम व्यवस्थापन तथा आगलागाीका घटना नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रममा समेत जोड दिइएको छ । बिपन्न नागरिकलाई आबश्यक सहयोगका लागि सबैले सहयोग र सहकार्य गर्न प्रशासनले अनुरोध गरेको छ । प्रजिअ भुपेन्द्र थापा, तीन वटै सुरक्षा निकायमा प्रमुखको , सहभागितामा स्थलगत रुपमै राहत वितरण गरिएको हो ।

सम्बन्धित समाचार