१९ बालबालिका हराएको जुम्ला प्रहरीको तथ्यांक


दिलमाया शाही
जुम्ला ः जुम्ला जिल्लामा आर्थिक वर्ष ०७७ साउन देखी अहिले सम्म १९ जना बालबालिका हराएका छ । जिल्ला पप्रहरी कर्यालय जुम्लाको महलिा बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक १९जना बालबालिका हराएका छन । जुम्लामा सबैभन्दा बढी घरेलु हिंसा हुने गरेको भएपछि आर्थिक वर्षमा १८ वटा उजुरी परेका छन । सेवा केन्द्रमा १९ वटा समाजिक हिंसाका उजुरी परेको प्रहरी जवान दिनेश आर्चायले बताए । सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय जुम्लाको मुर्दा शाखामा आर्थिक वर्ष २०७७ साउन देखी अहिले सम्म एक सया नौ वटा मुर्दा दर्ता भएका छन । एक आर्थिक वर्षको तथ्यांकमा हेर्दा सबै भन्दा बढी अभद्रब्यवारका मुर्दा दर्ता भएका हुन ।जसमा कत्तब्य ज्यानका ४वटा, ब्यक्ति वेपता १ वटा , ज्यान मार्ने यद्दोग, १ वटा ,रहेका छन । त्यस्तै झुडिएका ९ वटा , बिष सेवनका ४ वटा रहोको प्रहरी निरिक्षक युवन चौधरीले बताए । उनका अनुसार भब्यतब्यका ५ वटा मुर्दा दर्ता भएका छन ।

त्यस्तै जवजस्ती करणीका ३ वटा र जबजबस्ती करणी उद्योगका २ वटा रहेका छन । प्रहरी कार्यालयमा बहृविवाहाका ४ वटा मुर्दा दर्ता भएका छन । त्यस्तै लागुऔषदका ३ वटा ,जुवाताजका २ वटा, सार्वजानि अपराधका ५ वटा रहेका छन । तिर्के कागज १ वटा । नागरिकता सम्बन्धी एक र चोरी सम्बन्धीका २ गरी प्रहरी कार्यालयमा १सय ९ वटा मुर्दा दर्ता भएका छन । जुम्लामा सबै भन्दा बढी बालविवाहका हुने गरेको भएपनि बालविवाहाका मुर्दा भने यस अर्थिक वर्षमा दर्ता भएका छैनन, ।
पहिलोको तुलनामा अपराध दर घट्दो
जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा अपराध दर घट्दो क्रममा रहेको निष्कर्ष निकालेको छ। आर्थिक वर्षको मुर्दाको विवरणको विश्लेषण गर्दा बर्सेनि अपराधको दर घटेको देखिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनले भने ,पछिल्लो समयमा प्रहरीले सचेतनाका क्रियाकलापमा जोड दिँदै जान थालेपछि अपराधको दर घटेको छन्। मान्छे जति नै जानकार बन्यो, उति नै अपराधमा संलग्न कम हुने गर्छ ।डिएपी काफ्लेले भने जनतासँग प्रत्यक्षरूपमा प्रहरी जोडिन थालेपछि अपराधका घटनामा न्यूनीकरण भएको देखिएको छ।नागरिकले पहिले प्रहरी देख्ने ,बित्तिकै जनतामा त्रास सिर्जना हुन्थ्यो, अहिले प्रहरी देख्दा सुरक्षाको अनुभूति गर्न सक्ने भएका छन्।

अपराध गर्दा दण्ड जरिवाना हुने स्पष्ट बुझेका छन्। उनले थप्े,जनता आफू पनि सचेत छन्, प्रहरीलाई पनि निरन्तर खबरदारी गरेर सतर्क बनाउन थालेका छन्। यो राम्रो पक्ष हो। प्रहरीले चोरीमा संलग्नमा २ जना लाई पक्राउ गरिएको थियो। उनले भने,‘ एक सय ९ वटा मुर्दा दर्ता भएका छन ।

यसैगरी लागुऔषध नियन्त्रणका लागी प्रहरी तिब्रगतीमा लागेको छ । समुदाय (प्रहरी साझेदारी कार्यक्रम संचालन गरी प्रहरी र जनता बीचको सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको निष्कर्ष निकालिएको छ। सामाजिक अपराध विरुद्धको अभियानअन्तर्गत लागुऔषध दुर्व्यसनी, बाल बिवाह, बहुविवाहका विषयमा माध्यमिक विद्यालयस्तरमा पुगेर कार्यक्रम गरिएको थियो। ठगी नियन्त्रण गर्नुका साथ बालविवाहसम्बन्धी मुद्दा दर्ता, बहुविवाहका ४ वटा मुद्दा दर्ता गरिएको छ।

सम्बन्धित समाचार