जुम्लाका कैदीबन्दीलाई कारागार भित्रै शिक्षित र ब्यवसायिक ,बन्न मन्त्री भण्डारीको आग्रह

 

दिलमाया शाही
जुम्ला ःकर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कारागार जुम्लाका कैदी बन्दीलाई ब्यवसायिक र शिक्षित बन्न आग्रह गरेका छन । मन्त्री भण्डारीले जुम्लाको कारागारमा रहेर कैद काटदै गरेका बन्दीलाई यस्तो बताएका हुन । जुम्ला कारागारको भौतिक पुर्वधारको अबस्था अनुगमन गर्न कारागार पुगेका कानुनु मन्त्री भण्डारीले कारागारलाई सुधारगृह यो सिप सिक्ने थलो पनि हो । उनले कैदीबन्दीलाई भने तापाँइहरु यहि बाटो नयाँ जिम्मेवारी लियर जानुहोस , । उनले भने कुनै बेलाको कारागार जेल , अर्थात कालखण्डको रुपमा हेरिने गरिन्थ्यो ,।

तर अबको कारागार राज्यले सुधारगृहको रुपमा लिएको छ । कैद भुक्तान भएपछि जिविकोपार्जन सहज गर्नका लागी सिप र शिक्षा आबश्यक छ । उनले भने यो कैद भुत्तान गर्ने समय सिपमुलक बनाउनु होस ।। कारागारमा रहेका विभिन्न घटनाका कैदीलाई उपयुक्त ब्यवस्थापना गर्नका लागी भौतिक पुर्वधारको अबस्थाका बारेमा अनुगमान गरेको बताए । मन्त्री भण्डारीले भने जेलबाट परिवारको लागी खुसी लियर जानुहोस । कागारभित्रैबाट सिपसिकेर ब्यवसायिक बन्ने लक्ष्य राख्नुहोस । कारागारबाट घर फर्किदा असल राष्ट्रसेवक भएर जानुजुहोस । उनले भने सरकाले कैदीबन्दीलाई गलत्त ब्यवार सुधारनका लागी यस्तो ब्यवस्था गरेको हो । कानुन मन्त्री भण्डारीले , जुम्ला कारागारको स्वलार र खानेपानीको लागी भन्दै कर्णाली प्रदेश सरकारले १० लाख दिने निणर्य गरेको बताए ।

त्यस्तै जुम्ला कारागारमा रहेका कृपराज साउतले मन्त्री भण्डारीलाई मुगु जिल्लामा कारागार स्थापनाका लागी पहल गर्न आग्रह गरेका छन । उनले भने मुगुमा कारागारको ब्यवस्था नहुदा जुम्लाको कागारमा आउदा घरपरिवारलाई भेट्नको लागी समस्या भएको बताए । उनले भने, राज्यले आफ्नै जिल्लामा कारागार बनार्ई िदएको खण्डमा मुगु बासीको लागी सहज हुने थियो ।
खाने पानीको समस्या प्रति प्रजिअ थापा गम्भिर

जुम्लाका प्रमुख जिल्ला अधिकारी , भुपेन्द्र थापाले कारागारका कैदी बन्दीले शुद्धपानी खान नपाएको समस्या प्रति गम्भिर बनेको बताए । उनले भने , खानेपानीको समस्या कारागारमा मात्र नभई जिल्ला भरीको समस्या उस्तै रहेको छ । प्रजिअ थापाले खानेपानीको समस्या समधान गर्नका लागी सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता गरे, उनले थपे ,कैदीवन्दीलाई सीप सिकाउन आवश्यक रहेको छ । उनले भने कैद भुक्तान गरेपछि यहा सिकेको सिपले बेरोजगार बन्न दिने छैन । उनले भने खानेपानीको समस्या कारागारमा मात्र नभई जिल्ला भरीको समस्या उस्तै रहेको छ । जुम्लाको कारागारमा बलात्कार मुद्दाका , कैदीवन्दी बढी हेका छन । बलात्कार मुद्दाका संलग्न व्यक्ति २२ जना रहेका छन । त्यस्तै कतव्र्य ज्यान मुद्दा, ज्यान मार्ने ,उद्योगमा, डाँका चोरीमा लागु औषध, आत्महत्या गर्न दुत्साहन ,हातहतियारखरखजना ,संक्षित नदीजन्य बस्तुमा, सहित एक सय नौँ जना कैदीवन्दी हेका छन ।