दुर्घटना बिमा नयाँ कार्यक्रम हो ः मन्त्री भण्डारी

जुम्ला ःकर्णाली प्रदेशले सुरु,गरेको दुर्घटना बिमा कार्यक्रम नेपालकै नयाँ कार्यक्रम भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए ।उनले भने कर्णालीका राष्ट्रसेवक कर्मचारी र नागरिकका लागी जोखिम दुर्घटना बिमा कार्यक्रम ल्याएको छ । गृर्हजिल्ला जुम्ला पुगेका मन्त्री भण्डारीले भने, कर्णालीको समृद्धी र सुरक्षाको लागी कर्णाली सरकार लागी परेको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा सहभागी भएका मन्त्री भण्डारीले भने ,वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईन्छ ।उनले २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा विभिन्न कार्यक्रमको आयोजना गर्ने टिमप्रति आभार ब्यक्त गरे ।उनले भने , विपद् प्रतिकार्य र बिपद पुर्व तयारी योजनाका लागी कर्णाली प्रदेश सरकार अग्रह स्थानमा छ । उनले थपे हामीले विदपमा परिमानविय क्षेती भएको खण्डमा प्रतिब्यक्ति २ लाखका दुरले दुर्घना बिमा गरेका छौ । उनले भने कुनै पनि बिपद बजा बजारएर आउदैनन , हामीले नायँ बन्ने र बन्दै गरेको भौतिक संरचना भूकम्प प्रतिरोधि बनाउनु पर्छ । मन्त्री भण्डारीले भने कर्णालीमा ५सय वर्ष अघिदेखी ठुलो भूकम्प गएको छैन । गएको खण्डमा ठुलो धनजनको क्षेत्रिहुन सक्छ ।
हामी सबै यसबाट सुरक्षित हुन जरुरी छ । उनले बिभिन्न ठाउमा भूकम्पले निम्त्याएका समस्या स्मरण गर्दै भने , बिपद कतिबेला कसरी आउछ थाहा छैन । मन्त्री भण्डारीले भने, बाढी पिडितका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख सम्मको राहतको ब्यवस्था गरेको छ । वि.सं. २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले नेपाल सरकारले यो दिवस मनाउन सुरु गरेको हो ।त्यस्तै कर्णाली प्रदेस साभाका सदस्य संसद पदम बहादुर रोकायालले भने ,जुम्लामा बढी पहिरोको जोखीम हुने सम्भावना छ । उनले भने ,बिकासका नाममा डोजर आतंक बढेपछि यस्तो समस्या आएको छ ।दिवसका अवसरमा नेपाली सेनाको डुडिखेल मैदानमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । नन्दबक्स गणले आग्लागीका कृत्रिम घटना अभ्यास सहित ड्रर्मा देखाएको थियो । जुम्लामा सबै भन्दा बढी आग्लागीका घर्टना बढी हुने गरेको भन्र्दै नागरिकलाई सचेत बनाउन यस्तो ड्रर्मा देखाइएको हो । दिवसको अवसरमा साँझ जुम्लाको कृष्ण मन्दिर अगाडी भूकम्प सुरक्षा सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिने समेत भएको छ।








