२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँर्दै गर्दाको तस्बिर


जुम्लाः वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँएको छ । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो।

वि.सं. २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले नेपाल सरकारले यो दिवस मनाउन सुरु गरेको हो ।

दिवसका अवसरमा नेपाली सेनाको डुडिखेल मैदानमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । नन्दबक्स गणले आग्लागीका कृत्रिम घटना अभ्यास सहित डर्मा देखाएको थियो । दिवसको अवसरमा साँझ जुम्लाको कृष्ण मन्दिर अगाडी भूकम्प सुरक्षा सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिने समेत भएको छ।