जुम्लाका ८ जना जुवाडे प्रहरीको नियन्त्रणमा

दिलमाया शाही
जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। चन्दननाथ नगरपालिका–१ विमानस्थल नजिकैबाट जुवा खेलीरहेको अवस्थामा उनीहरूलाई  प्रहरीले  नियन्त्रणमा  लिएकाे हाेे । उनीहरुबाट नगद ७० हजार रूपैयाँ बरामद गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ परेका ८ जना जुवाडेलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख (डिएसपी) माधवप्रसाद काफ्लेले बताए ।उनले भने दुई गड्डी तास समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा कमल मल्ल,कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा छन् ।

यस अघि गत्त कार्तिकमा प्रहरीले १० जना जुवाडे पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अनुसार कावार्ही हुने डिएसपी काफ्लेले बताए । प्रहरी नियन्त्रणमा रहेका जुवाडेलाई म्याद थप गरि अनुसन्धान गरिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समयमा जुम्लामा जुवातास खेल्ने क्रम बढेको भन्दै नियन्त्रणका लागि सक्रियता बढाएको छ । प्रहरी कार्यालयले जुम्लामा हुने अपराधिक गतिबिधि नियन्त्रण गर्नका लागी सादा तथा प्रहरी पोशाकमा प्रहरी परिचालन गरेको छ । जिल्ला सदरमुकाम खलंगाका आसपासका क्षेत्रमा जुवा खेलाइने स्थानको पहिचान गरेर उच्च सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

अपराधिक गतिविधि भईरहेको भन्ने आशंका पाउने वित्तिकै छापा हानेर नियन्त्रणमा लिने गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी माधवप्रसाद काफ्ले जुवातास नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको बताएका छन । उनले भने कुनै पनि समाज कुलतमा फस्नु हुदैन , उनले भने यस्ता खालका क्रियाकलाप भएको खण्डमा समाज अनि घरमा अशान्ति सिर्जना गर्छ ।

अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागी यस्ता अभियानलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले कडा रुपमा अगाडी बढाएको छ ।चालु आर्थिक वर्षमा जुवा खेल्ने १८ जना पक्राउ परेका छन् । उनीहरूबाट १ लाख ८९ हजार ९ सय ५० रूपैयाँ बरामद गरिएको छ । जुवा खेलिने संभावित ठाउँको पहिचान गरेर प्रहरी परिचालन गरिने जिल्ला प्रहरीको प्रतिबद्धता छ ,डिएसपी काफ्लेले भने, ‘जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउने खालका कुनै पनि कार्य हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।

सम्बन्धित समाचार