बाढीपीडित परिवारको दुःखमा साथ दिन पूर्वमन्त्री नरेश भण्डारी गुठीचौरमा

जुम्ला। कर्णाली प्रदेश सरकारका पूर्वकानुनमन्त्री नरेश भण्डारी भोटेकोशीको बाढीबाट प्रभावित जुम्लाको गुठीचौरका चोत्रा गाउमा रहेका पीडित परिवार तथा आगलागीपीडितहरूको दुःखमा साथ दिन उनीहरूको बस्तीमा पुग्नुभएको छ।

बाढीका कारण आफन्त गुमाएका परिवारको पीडा बुझ्न र उनीहरूलाई सान्त्वना दिन भण्डारी पीडित बस्तीमै पुग्नुभएको हो। यस क्रममा उहाँले बाढीमा परेर सुरुङभित्र फसेका शवको उद्धार तथा पीडित परिवारको दुःख कम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

“बाढीको पानी सुके पनि आफन्तका आँसु सुकेका छैनन्। उता शवहरू सुरुङभित्र फसेका छन। भने  यता बाँचेका आफन्तहरू दुःखको सुरुङभित्र छन, उहाले भनुभयो।

उहाँले भौतिक सुरुङभित्र फसेका शवको उद्धारसँगै शोक र पीडामा रहेका परिवारलाई राहत, सहयोग तथा आवश्यक व्यवस्थापन उपलब्ध गराउन सरकारसँग पहल गर्न आग्रह गर्नुभएको छ।

पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले लाइट नेपालको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ। बाढीपीडित  परिवारको दुःखमा साथ दिँदै उनीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सके मात्रै उनीहरूको पीडामा वास्तविक मलम लाग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार