जुम्ली नागरिकलाई कोरोना बाट बचाउन दिनरात खटिएका छौः प्रजिअ थापा

दिलमाया शाही
जुम्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएको छ । नागरिकोशान्ति सुरक्षाका लागी दिनरात खटिदा कोरोना बाट प्रशासनका कर्मचारी पनी अछुतो रहेका छैन । प्रशासनका कर्मचारीमा समेत कोरोना देखीएकाले समुदायमा फैलन नदिने भन्दै प्रशासन एकसातासम्मका लागि अत्यावश्यकबाहेक सेवाहरु बन्द भएको हो । प्रजिअ भुपेन्द्र थापाले भने कोरोनाको महामारीबाट अहिले सम्म जुम्लामा कुनै नागरिकले मृत्यु वरण गर्नु परेको छैन । नागरिक बचाउनका लागी निषेधिज्ञा , अन्तरक्रिया लगायतका थुप्रै सचेतनाका कार्याक्रम प्रशासनले आफै गरेको छ । आफ्नै जिल्लाको प्रजिअ पाएकोले जुम्लामा संञ्चालित बिषयगत्त कार्यालयका सेवा प्रभाहामा सुधार आएको देखीन्छ । प्रजिअ भुपेन्द्र थापाले जुम्लाको प्रशासनको जिम्मेवारी समालेको ६ महिना पुगेको छ ।

उनी जुम्लामा आएपछि पहिलो पटक आफ्नै कार्यालयको सुधार योजना बनाएर सार्वजानिक गरेका थिए । जुम्लामा दिइने सेवा चुस्तदुस्त बनाउन प्रजिअ थापाले सबै बिषयगत्त कार्यालयलाई निर्देशन दिर्दै आएको बताए । उनले सबै सरकारी तथा गैरसरकारी संस्थालाई पनि यस अघि आर्थिक वर्षको वजेट तथा कार्यक्रम सार्वोजानिक गर्न लगाएका थिए । उनले भने
पछिल्लो समय कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढिरहेको अवस्थामा आगामी दिनमा यसको संक्रमण अझै तीव्र गतिमा फैलन सक्ने सम्भावना रहेकाले अत्यावश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न आग्रह छ । उनले आफुले जिल्लाको प्रशासनको जिम्मेवारी समालेपछि अन्य सेवालाई सहज र सरल तरिका बाट संञ्चालन गरेको दाबी गरेका छन । उनले कोरोनाको अवधिभर जनचेतनामुलक र लक्षण देखिएकको स्बाब संकलन गरी पिसिआर परिक्षण गर्दै आएको बताए ।
जिल्लामा प्रजिअको जिम्मेवारी सम्हाले पछि भएका कामहरु
उनी प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएको करिब ६ महिना भएको छ । यस बीचमा जुम्ला जिल्लामा कोभिड नियन्त्रणका लागि सर्वदलीय, सर्वपक्षीय बैठकहरु बस्ने र कोभिड नियन्त्रण सम्बन्धमा साझा प्रतिबद्धता कायम गराउने काम भएको छ । साथै स्थानीय तहका प्रमुखहरु समेतको बैठकबाट प्रत्येक टोलबस्तीमा निगरानी समूह परिचालन गर्ने काम भएका छन । , प्रत्येक स्थानीय तहमा ५० बेड सम्मका अस्थायीकोभिड अस्पताल तयार गर्ने, आइसोलेसन निर्माण गर्ने, गाँउटोल बस्तीमा माइकिङ्ग सहित जनचेतना कार्यक्रम संचालन गर्ने, जुम्लामा प्रवेश गर्ने सीमानाका होल्डिङ सेन्टर राख्ने , आगन्तुक जुम्लाबासीको रेकर्ड राखी सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइन र होम क्वारेन्टाइनको लागि जानकारी गराउने निर्णय र विधिहरु कोरोना नियन्त्रणका लागि अवलम्बन गरिएका छन् उनले भने । प्रत्येक कार्यालयमा सुचना अधिकारी तोकीएको छ । नागरिको सेवामा सहज पहुज पुर्याउन साहयता कक्षको स्थापना गर्न भनिएको छ । आफ्ना कार्यालयबाट प्रभाह हुने सेवाका सम्बन्धी डिजिटल बडापत्र बनाउन भनिएको छ । नियमित डिसिसिएमसीको बैठक, स्थानीय तह, वडा र टोलबस्तीस्तरसम्म समन्वय, नियमित मिडिया ब्रिफिङ भईरहेका छन ।

कोरोना नियन्त्रण अब कुनै निकाय, व्यक्ति वा संयन्त्रको बलमा मात्र सम्भव छैन । यसको बिस्तार र फैलाबट ब्यापक हुदैं गएको छ ।नागरिक आफै सचेत र सजग नभई कोरोना नियन्त्रण कठिन हुदैं गएको अवस्था विश्वब्यापी अभ्यासहरुबाट पनि देखिएको छ । संक्रमण नियन्त्रणको प्रयासमा प्रत्येक नागरिक जिम्मेवार हुन जरुरी छ ।जुम्लामा देखा परेको पछिल्लो संक्रमणको अवस्थाका कारण थप जोखिम नबढोस्, भिडभाड र जमघट न्यूनीकरण होस् र यसका माध्यमबाट संक्रमणको बिस्तार रोक्न सकियोस भन्ने उद्देश्यका साथ प्रत्येक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नै हो ।
सरकारी संयन्त्रको सक्रियताले मात्र कोरोना नियन्त्रण कठिन छ भन्ने कुरा विश्वब्यापी अभ्यासहरुबाट देखिईसकेको छ । यो महामारीको अवस्था हो । कुनै एक नागरिक मात्रले आफ्नो लापरवाही प्रस्तुत गरेमा वा एक संक्रमितले हेलचक्रयाई गरेमा स्थिति भयावह बन्दै जाने हो ।

फेरी प्रत्येक नागरिकको पिछा गर्दै न प्रहरीले निगरानी गर्न सम्भव छ न त कुनै स्थानीय तहले गर्न सक्छन अन्त समाजको सबै तह र तप्का इमान्दारीपूर्वक कोभिड नियन्त्रणमा लाग्नु जरुरी छ । जनस्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी छ । प्रजिअ थापाले भने ।कोभिड नियन्त्रणमा सर्वसाधारण नागरिकको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ । सरकारले निर्धारण गरेका नीति नियमहरुको पालना गर्ने, तोकिएका जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्ने, अनिवार्य र उचित तरिकाले माक्स र सेनिटाइजरको प्रयोग गर्ने, भिडभाड जमघट नगर्ने, समाजमा जनचेतना अभियान चलाउने, संक्रमित व्यक्ति र घरपरिवारलाई सहयोग गर्ने र संक्रमितहरुको मनोबल बढाउने, गाँउ टोलबस्तीहरुमा स्वयंसेवक समूह निर्माण गरी कोभिड नियन्त्रण अभियानमा सर्वसाधारण नागरिकले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नु पर्ने देखीएको छ । उनले भने आदरणीय जिल्लाबासी दाजुभाई, दिदीबहिनीहरु देशमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ । अहिले सम्म जिल्लामा संक्रमतिको संख्या ४सय ४१ रहेका छन ।२२ जना संक्रिय संक्रमित छन । कुनै बेला अझै जोखीमको अबस्था आउन सक्छ । नागरिकले जिम्मेवारी र कर्तव्य पालन गर्न आबश्यक छ । एक अर्काबीच सामाजिक दुरी, भौतिक दूरी कायम गरौं,। आफू बचौं, अरुलाई बचाऔं ।

सम्बन्धित समाचार