जुम्लामा राजाबादीको मोटरसाइकल रयाली

जुम्ला ःजुम्लामा राजाबादीहरुले मोटरसाइकल रयाली निकालेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै रयाली प्रर्दशन गरेका हुन् । राष्ट्रबादी जुम्ली समुहको आयोजनामा गरिएको शक्ति प्रर्दशनका क्रममा अधिकांस नेकपा र नेपाली काँग्रेसका युवा सहभागि देखीन्थे ।
राजा आउद देश बचाउ,हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगायर र्याली गरेका थिए । राजाबादीहरुको प्रदर्शनलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो ।
राप्रपा नेपालका जुम्ला उपाध्यक्ष अंगत देवकोटा बर्तमान अवस्थामा राजा अपरिहार्य भएको बताए ।, उनले भने ‘संघीयताका नाममा जन्मिएका सयौँ टुक्रे राजाहरुले देश डुबाइसकेका छन् । अब जनताले एउटै राजा चाहेका छन् । राजतन्त्रको विकल्प छैन् । ’
अहिलेका केन्द्रका राजालाई देश लुट्नै ठिक्क छ । प्रदेश स्तरका राजालाई झण्डा हल्लाउदै र कमिसनको खेल खेल्दै ठिक्क छ । स्थानीय सरकारका राजा त झन जनतालाई खसीबोका नै सम्झन्छन् । हत्याहिंसा, बलात्कार छ । उल्टै राजाहरु नै यस्ता कार्यमा सक्रिय देखिन्छन ।
सत्ताका नाममा फैलिइरहेको लुटतन्त्रले देशको अवस्था भयाभह हुदै गएको राजाबादीहरु बताउँछन् । प्रदर्शनका क्रममा राजन्तत्रको विकल्प नभएको बारेमा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । राजबादीको आन्दोलनमा नेकपा र नेपाली काँग्रेसका युवा समेत सहभागि हुनुले पनि अहिलेको व्यवस्थामा संकट आउन सक्ने जुम्लाका अगुवाहरु बताएका छन ।
नेकपा सरकार देशविकासमा भन्दा आफ्नो आन्तरिक खिचातानीमै रुमल्लिएको छ ।

काँग्रेस प्रतिपक्षका नाममा मौन देखिन्छ । एक जना राजाबादीले भने,‘डुबिसेको देशलाई उकास्नको लागि एक पटक राजतन्त्रको जरुरत छ । अब संघीयताका राजा प्रतिको विश्वास घटिसकेको छ । मोटरसाइकल र्याली जिल्लाको बसपार्क नजिकैबाट शुरु भएर टुडिखेल हुदै जुम्ला विमानस्थलमा पुगेर बालमन्दिरमा पुगेर सकिएको थियो । ्अहिले सञ्चारमाध्यममा सत्तावादी र राजावादीको बहस हावी छ । स्वाभाविक हो, जहाँ केही हलचल हुन्छ त्यसलाई सञ्चारमाध्यमले पछ्याउनु । यो सञ्चारमाध्यमको पेसागत धर्म नै हो । सत्तारूढ नेकपा विभाजित छ, एउटै छातामुनि यसका बैठकहरू नहुने अवस्थामा पुगेका छन् ।बैठकबाट हुने निर्णय पनि एउटालाई मान्य भए अर्कोलाई अमान्य हुने अवस्था छ । बहसी कार्यकर्ताहरू कुनै हालतमा पनि नेकपा फुट्दैन, फुट्न दिँदैनौं भन्छन् । कार्यकर्ताले पार्टी फुटाएका उदाहरण छैनन्, नेताले नै फुटाउने हो । नेताको लाइन समातेर कार्यकर्ता उफ्रिने मात्र हुन् । राजावादीहरू कांग्रेस र कम्युनिस्ट दुवै असफल भए, अब हामीले नै मुलुक सम्हाल्ने हो,