जुम्लाको कुडारीमा १० शैयाको अस्पताल बन्ने ।
दिलमाया शाही
जुम्लाको तिला गाउँपालिका – ३ कुडारीमा शैयाको अस्पताल बन्ने भएको छ । सुविधायूक्त अस्पताल शिलान्यास गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत जुम्ला पुगेका हुन । स्वास्थ्य सुविधाबाट पछाडी परेका नागरिकलाई स्वास्थ्यको पहँचमा ल्याउनका लागि एक सथानीय तहमा एक अस्पताल निर्माण गर्न थालिएको राज्यमन्त्री रावतले बताए । उनले भने यसअघि कर्णालीका दुरदराजमा बसोबास गर्ने नागरिकले विरामी हुदा सिटामोलको टाटासमेत खान नपाएर मृत्युवरण गर्नु परेको तितो सत्य सुनाउदै यस्तो ब्यवस्था गरेको बताए । उनले यस्तै घटनालाई मध्यनजर गर्दै संघीयता पछि अहिलेको वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको बताए ।
मन्त्री रावतले नेपाल सरकारले कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माणको कार्य थालिएको बताए । उनले संरचना सहित दक्ष जनशक्ति र उपकरण पनि सरकारले उपलव्ध गराउने विश्वाश बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप २ शैया थपेर ५ सय शैयाको बनाउन बजेट विनियोजन गरेको बताए ।मन्त्री रावतले भने अत्याधुनिक सेवा सहितको सेवा दिने गरि सरकारले बजेट विनियोजन गरेको छ । गाउँमा निर्माण हुने अस्पतालमा डाक्टर तथा औषधी उपकरणको अभाव नहुने बताए । नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सडक विस्तार पूर्वाधार व्यवस्थापन अति आबश्यक रहेको छ ।
संघिय सरकारले चालु आर्थिक बर्षमा ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल निर्माण कार्य शुरू गर्ने बताए । उनले यसले गर्दा स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन हुने उल्ले गरेका छन । सरकारले जनसंख्या र भूगोललाई आधार बनाएर स्वास्थ्य क्षेत्रको विकासमा बजेट छुटाएको छ उनले भने , । मुलुकका नागरिकलाई स्वस्थ नराखी देशको विकास सम्भव हुदैैन । यसका लागी एक लक्ष्यका साथ सरकारले गाउँगाउँमा अस्पताल बनाउन लागेको छ ।
पूर्वराज्य मन्त्री बलबहादुर महतले विरामी पर्दा सहज होस भन्ने अबधारण अनुसार नै स्थानीय तहमै सुविधा सम्पन्न अस्पताल बनाउन पहल गरिएको बताएका छन ।उनले भने नागरिककै सेवाका निमित्त दुरदराजमा रहेका तिला, कनकासुन्दरी र पातारासी गाउँपालिकामा १०÷१५ शैयाका अस्पताल निर्माण लागि पहिल गरिएको थियो । त्यसको उपलव्धी आज प्राप्त भएको छ ।
पहिलो चरणमा तिला र कनकासुन्दरी गाउँपालिकामा अस्पताल निर्माणका लागि शिलान्यासदेखि अन्य काम सुरु भईसकेका छन् उनले भने अब यहाँका पातारासी गाउँपालिका पनि विकट बस्तीमा रहेको पालिका हो । त्यहाँ पनि अस्पताल निर्माणका लागि भरपुर पहल गरिने छ । सकेसम्म आफ्नै कार्यकालमा अस्पताल उद्घाटन गरि सेवा प्रवाह गर्ने गरि काम बढाउने प्रतिबद्धता जनाएका छन । तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरी स्वास्थ्यमा अझै समस्या रहेको बताइन् । १० शैया अस्पताल निर्माणले दुर्गम क्षेत्रको स्वास्थ्य सुधारमा नयाँ आयम थप्ने उनको भनाई छ । अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।् स्थानीय तहमा बन्न लागेको सुविधा सम्पन्न अस्पतालले नागरिकलाई संघियताको महसुश गराउने छ ।








