कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। नेपालमाआज थप १७ जनाको मृत्यु भएको छ । गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १६१४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको परीक्षण गर्दा १ हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

सम्बन्धित समाचार