विज्ञान र प्रविधिको युगमा पनि क्यानडिल बालेर सरकार संग बिजुली माग्दै जुम्ली

दिलमाया शाही 
भनिन्छ नि आजको युग परिवर्तन शिल र विज्ञान प्रविधिको युगहो भनेर तर जुम्ला बासीले यो युगलाई अन्धकारको युग भनेर ब्याख्या गरेका छन । उनिहरु भन्छन हाकी पुरानै युगमा छौ । लामो समय सम्म अध्यारोमा बस्नु पर्दा कुनै सरोकारवालाको ध्यान पुगेको छैन , त्यसैले विज्ञान प्रविधिको युगमा समेत अन्धकारमा बस्नु निकै अन्यायपुर्ण हो ।
लामो समय देखि नियमित बिजुली आपुर्ति हुन नसकेपछि जुम्लाबासीले क्यानडिल र दियालो बालेर सडकमै आन्दोलनका कार्यक्रम अघि बढाएका हुन । उनीहरुले तत्काल बिजुली आपुर्तिको व्यवस्था नभएसम्म यस्ता खालका कार्यक्रम गरी रहने बताएका छन। झण्डै आधा महिना देखि बिजुली आपुर्ति हुन नसकेको र सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै बिजुली आपुर्तिमा जोड नदिएको खण्डमा बिधुत प्रराधिकरणमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन ।
जुम्ला बासीले चन्दननाथ नगरपालिका ५ को कृष्ण मन्दिर जिकै कहिले दियालो बालेर त कहिले क्यानडिल बालेर सरकारको ध्यानाकर्षण गराएका छन । भने,‘ हामी जुम्लाबासी विज्ञान प्रविधिको युगमा समेत अन्धकारमा बस्नु परेको छ । उनले भने भाषणमा हामी एक्काइसौँ शताब्दिको अत्याधुनिक युगका मानिस हौँ भन्छौँ तर अन्धकारमा जीवन ब्यतित गरेको तर्फ ध्यान दिदैनौँ । जुम्ला अन्धकार भएको प्रति राजनितीक दल, सामाजिक संघसंस्था, पत्रकार, नागरिक समाज, सचेत युवा सम्मिलित विद्युत आपुर्ति संघर्ष समिति गठन भएको छ । विद्युत नियमित रुपमा आपुर्ति नहुँदा सम्म कडा आन्दोलनका कार्यक्रम गरी राख्ने समितिले चेतावनी समेत दिएको छ ।

जुम्लामा नयाँ खरिद गरिएको मेसिन खरिदमा भएको अनियमितता देखि केन्द्रीय प्रसारण लाइन र इन्टरनेटको पुर्ण सुविधा नभए सम्म आन्दोलन जारी हुने छ, स्थानिय युवा महेन्द्र कार्कीले भने , आन्दोलनका रुपहरु दैनिक फेरिन्छन् । कोभिडलाइ मध्येनजर गर्दै शान्तिपुर्ण आन्दोलन गछौँ । जब सम्म नियमित रुपमा बिजुलीको प्रबन्ध हुदैन तब सम्म आन्दोलन रोकिने छैन् ।

आन्दोलनका क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकाय नै हुनेछ । यो जुम्लाबासीको चेतावनी हो उनले भने ’समितिले जुम्लाबाट प्रतिनिधि सभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीको पनि ध्यानाकर्षण गराएको छ । यो आन्दालन उज्यालो जुम्लाका लागि भएकोले सबैले साथ दिन नागरिक समाज जुम्लाले आग्रह गरेकोे छ । मोबाइल स्वीच अफ गर्नु परेको छ । संयोजक महत भन्छन्,‘बिजुली नहुँदा बजारमा मौलाएको कालोबजारीको समेत अनुगमन गर्न आग्रह गरेका छौँ । ’बिजुली आपुर्ति हुन नसक्दा छापा तथा बिद्युतीय सञ्चार माध्यम समेत बन्द छन् । जुम्ला बासीले डिजेलप्लान्ट बाट भएपनि बिजुली नियमित गर्न माग गरेका छन् ।