बिधुत प्राधिकरणले नियमित बिजुली आपुर्ति गर्न नसके पछि जुम्लाबासी आक्रोशित

दिलमाया शाही
नेपाल विद्युत प्राधिकरण जुम्ला शाखा प्रति जुम्ला बासी आक्रोशित बनेका छन । विद्युत प्राधिकरणले े नियमित विद्युत आपुर्ति गर्न नसके पछि जुम्लाबासी आक्रोसित भएका हुन । उनीहरुले एक साता सम्म पनि जुम्ला खलंगा अन्धकारमा बस्दा विकल्प खोज्न नसक्ने विद्युत प्राधिकरणको शाखा जुम्लामा बस्नुको औचित्य नरहेको बताए । नागरिक समाज जुम्लाको सहजीकरणमा जिल्ला प्रशासनमा भएको सर्वपक्षिय छलफलमा प्राधिकरणले जसरी पनि जुम्लामा बत्ति नियमित गर्नु पर्ने माग माग गरेका छन,। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत जेनेरेटरबाट भएपनि जुम्लाबासीलाई बत्ती नियमित रुपमा दिनु पर्ने बताए । उनले भने,‘विद्युतगृहको मेसिन बिग्रेपनि दुई दुई वटा डिजेल प्लान्टबाट विद्युत आपुर्ति गर्नुस । यो जमानामा हामी अन्धकारमै बस्न सक्दैनौँ । या नियमित बत्ति दिनुस, या नसक्ने भए बन्द गरेर फिर्ता जानुहोस । तर बिद्युत नियमितताका लागि जुम्लाबासी सधैँ साथ दिन तयार छौँ । ’
उनले भिआइपी लाइन सबै काटेर सबैलाई एकै प्रकारको विद्युत सेवा दिन पनि आग्रह गरका छन । बजारमा विद्युतका कर्मचारीले तलब नपाउदा विद्युत बन्द गरिएको हल्ला फैलिएको बताउँदै अध्यक्ष महतले भने,‘भिआइपीको लाइन काट्नुस,कर्मचारीको आन्तरिक समस्याका कारण विद्युत बन्द गर्नु पर्ने अवस्था तत्काल बन्द गर्नुहोस ।’
बिजुली अभावले सञ्चार माध्यम प्रभावित
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले बिजुली अभावले यहाँ स्थित सञ्चार माध्यम प्रभावित भएको बताए । उनले भने,‘पत्रपत्रिका प्रकाशन गर्न कठिन छ । रेडियो सबै बन्द हुने अवस्थामा पुगिसके । मोवाइलमा चार्ज नहुँदा निकै ठुलो समस्या छ । विद्युत प्राधिकरणले विकल्प दिनेबेला हो । नत्र प्राधिकरणको कार्यालयमा जस्तो सुकै बाधा अड्चन आउन सक्छन् । त्यो सबैको जिम्मेवारी प्राधिकरणले नै लिनुपर्छ । ’
स्मार्ट सिटीको नारा दिएको नगरपालिका अन्धकारको सुचीमा
स्मार्ट सिटीको नारा दिएर बनेको चन्दननाथ नगरपालिका विद्युतीय हिसावमा निकै दर्दानक नै छ । गाउको तेलनामा अन्धारकारको सुचीमा छ । जुम्ला विद्युत गृहमा रहेका दुई मेसिनबाट २ सय ४० किलोवाट विद्युत निस्कन्छ । तीन हजार भन्दा बढि ग्राहक छन् । २०४० सालमा स्थापना भएको विद्युत जीर्ण हुदै जादा पनि प्राधिकरणले कुनै विकल्प अपनाउन सकेको छैन् । विद्युत प्रवाह गर्न प्रयोग भइरहेको तार पुरानो हुदैजाँदा उत्पादन भएको विद्युत पनि खपत कम हुने समस्या भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाका प्राविधिक प्रमुख हिमन्त शाहुले बताए । जुम्लाको गाउतिर बत्ती झिलिमिली हुदा बजार अध्यारो छ । त्यो के हो सुक्ष्म तवरले अनुसन्धान गर्न जरुरी जुम्ला बासीले भने ’विद्युतको दिर्घकालिन समाधानका लागि पहल गर्न राजनैतिक दल र सरोकारवाला सबैलाई आग्रह गरका छन ।
पटक पटक विद्युत टाल्ने काम मात्र भयो । अवस्था सुध्रिएन । ग्राहकले महसुल तिरिरहे । यो राम्रो भएन् । विद्युत बालेपछि मात्र ग्राहकले महसुल तिर्न पाउनुपर्छ, । छलफलमा विद्युत प्राधिकरणका प्राविधिक अधिकृत विनोदकुमार यादवले तयार पारिएको प्रतिबेदन पेश गरिएको थियो ।
सहभागिले जुम्लाको विद्युत अभावका विषयमा उर्जामन्त्रालय, नेपाल विद्युत प्राधिकरणमा डेलिगेशनमा जान राजनैतिक दलका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
अफ्ठयारो पर्दा सेवा दिने र सजिलो हुदाँ आम्दानी दिने संस्था प्राधिकरण भएकोले ग्राहकलाई सेवा दिने बिषयमा कुनै कन्ज्युस्याइँ नगर्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्लाबासीलाई नियमित रुपमा विद्युत आपुर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन । उनले भने,‘अहिले तत्काल विद्युत सेवा दिने निर्णय गर्नुस । त्यसपछि सरोकारवाला सबैपक्षले दवाव सिर्जना गर्छन । ’नेपाल विद्युत प्राधिकरणका शाखाका प्रविधिक प्रमुख हेमन्त साहुले विद्युत नियमित बनाउने बारे केन्द्र संग निर्णय भइरहेको बताए । उनले भने,‘हामी लागिरहेका छौँ । यसमा सबै जुम्लाबासीले विश्वास गर्नुस । ’