जुम्लामा सिम्पल टप रेष्टुरेन्ट एण्ड कफी सप सञ्चालन (फोटोफिचर)


जुम्ला : जुम्लाको जिल्ला समन्वय समिति अगाडि सञ्चालनमा ल्याइएको सिम्पल टप रेष्टुरेन्ट एण्ड कफी सपको शुक्रबार विधिवत् पूजा–पाठ गरी उद्घाटन गरिएको छ। चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापा र उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिलबहादुर रोकायाले संयुक्त रूपमा रिबन काटेर रेष्टुरेन्टको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा पत्रकार, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थिति रहेको थियो। सिम्पल टप रेष्टुरेन्ट एण्ड कफी सपले जुम्लामा गुणस्तरीय खाद्य तथा आतिथ्य सेवा विस्तारसँगै स्थानीय पर्यटन र व्यवसाय प्रवद्र्धनमा यस्ता नयाँ व्यवसायले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । हिमा गाउँपालिका निवासी सञ्चालक प्रतिभा शाहीका अनुसार रेष्टुरेन्टमा स्वादिष्ट परिकार, कफी तथा सहज वातावरण सहित ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिने छ। व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको हो ।

सम्बन्धित समाचार