जंगली जडीबुटी (सतुवा) सेवनपछि एक जनाको मृत्यु
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–१ बाईराँका निवासी ६५ वर्षीय दलजित सार्कीको जंगली जडीबुटी (सतुवा) सेवन गरेपछि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०८२ साउन ३ गते बिहान करिब ३:१० बजे सार्की जंगली जडीबुटी (सतुवा) सेवन गरेपछि बिरामी परेका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको थियो।
उपचारकै क्रममा शनिवार बिहान करिब ३:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीले जडीबुटी सेवन गर्नुको कारण भने हालसम्म खुल्न नसकेको जनाएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १७ किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








