विष्णु पौडेलको भैंसेपाटीस्थित घरमापनि सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ ।
उनलाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको थियो । विभागले उनलाई पक्राउ गर्नु अघि ललितपुरको भैंसेपाटीस्थित उनको घरमा छापा मारेको थियो ।
प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभागको उच्च स्रोतले बतायो ।
पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागको दाबी छ ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन नेपालगन्ज पु¥याएको छन् । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।








