विपश्यना ध्यान,दुःखबाट मुक्तिको वैज्ञानिक मार्ग हो :वरिष्ठ सहायक आचार्य वसन्त थापा
जुम्ला :जुम्लाको गुठीचौर गाउँपालिका नजिक रहेको विपश्यना ज्ञान–सोध केन्द्रमा हालै सम्पन्न दस दिने ध्यान शिविरले धेरैलाई आत्मशान्ति, अनुशासन र जीवनप्रतिको नयाँ दृष्टिकोण दिएको छ। बिपश्न ज्ञान केन्द्रका वरिष्ठ सहायक आचार्य वसन्त थापा को मार्गदर्शनमा सहभागीहरूले गहिरो ध्यान अभ्यास गरेका थिए।
त्यस्तै बिपशना ज्ञान सोधका केन्द्रका सचिव प्रेमराज गिरी का अनुसार यस वर्ष एक चरणको दस दिने शिविर सम्पन्न भइसकेको छ भने अर्को शिविर भदौ महिनामा सञ्चालन गरिने तयारी छ। यश पटककाे शिविरमा टेकबहादुर भण्डारी, प्रेमराज गिरीसहित विभिन्न क्षेत्रका साधक सहभागी भएका थिए।
डाक्टर निलम खड्काका अनुसार विपश्यना बुद्धकालीन ध्यान विधि हो, जसको अर्थ “यथार्थलाई जस्ताको तस्तै देख्नु” भन्ने हुन्छ। यो कुनै धर्म, जात वा सम्प्रदायसँग मात्र सीमित नभई आत्मअनुभूति र मानसिक शुद्धीकरणको अभ्यास हो।यस ध्यानको सुरुवात “आनापान” अर्थात् सास,प्रश्वासको अवलोकनबाट हुन्छ। ध्यानमार्फत मानिसले आफ्नो मन, शरीर र भावनालाई बुझ्न सिक्छ।
त्यस्तै बरिस्ठ सहायक आचार्य वसन्त थापाले शिविरमा भने,“हामी अरूलाई मालिक मान्ने होइनौँ, हाम्रो मालिक हामी आफैँ हौँ।उनका अनुसार मानसिक तनाव र चिन्ता कम हुन्छ,रिस, डर र नकारात्मक सोच नियन्त्रण हुन्छ,धैर्यता र आत्मविश्वास बढ्छ।
जीवनलाई सकारात्मक रूपमा हेर्ने दृष्टिकोण विकास हुन्छ,दुःख र पीडाबाट मुक्त हुने चेतना विकसित हुन्छ।
ध्यान अभ्यासले मानिसलाई वर्तमानमा बाँच्न सिकाउँछ। “यही सास आयो,गयो, यही नै विपश्यना हो” भन्ने भनाइले यसको सरल तर गहिरो अभ्यासलाई बुझाउँछ।
विपश्यना कति चरणमा गरिन्छ
विपश्यना अभ्यास मुख्य रूपमा तीन चरणमा आधारित हुन्छ,शील ,अनुशासन र नैतिक जीवन समाधि , मनलाई एकाग्र बनाउने अभ्यास,प्रज्ञा,शरीर र मनको वास्तविक अनुभूति गरेर ज्ञान प्राप्त गर्ने अवस्था दस दिने शिविरमा यी तीनै चरणलाई क्रमशः अभ्यास गराइन्छ।आजको व्यस्त जीवन, तनाव, चिन्ता र असन्तुष्टिबाट मानिसहरू थाकिरहेका छन्। यस्ता समस्याबाट मुक्ति पाउन ध्यान अत्यन्त प्रभावकारी माध्यम मानिन्छ। आधा धण्टा ध्यानमा सहभागी भएका सहभागी जय शंकर धितालले ध्यानपछि आफूभित्र शान्ति, आत्मबल र सकारात्मक ऊर्जा महसुस गरेको बताएका छन्।
डाक्टर निलम खड्काले जुम्ला जस्तो पवित्र भूमिमा ध्यान गर्न सबैलाई आग्रह गरेका छन ।उनले भने ,“विदेशीहरू बुद्ध जन्मिएको देश भनेर नेपालमा ध्यान गर्न आउँछन्, तर हामी आफ्नै सम्पदाको मूल्य बुझ्न सकिरहेका छैनौँ।उनले नेपालभर रहेका १८ वटा विपश्यना केन्द्रमध्ये विभिन्न केन्द्रमा अनलाइन फारम भरेर निःशुल्क दस दिने ध्यान शिविरमा सहभागी हुन सकिने बताए ।दुःखबाट मुक्ति, आत्मशान्ति र जीवनको सही अनुभूति प्राप्त गर्न विपश्यना आजको समयको महत्वपूर्ण साधना बनेको छ।








