जाडो मौसमका जेष्ठनागरिकलाई न्यानो कपडा

दिलमाया शाही
तातोपानी गाउँपालिकाका जेष्ठनागरिकलाई न्यानो कपडा दिईएको छ । हिमाली जिल्ला जुम्लामा बढीरहेको जाडो मौसमलाई ध्यानमा राखी तातोपानी गाउपालिका ५श्रीनगरका सुर्य डाँगीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन । उनले आफ्नो ३३ औँ जन्मदिनको अवसरमा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, सहिद परिवार र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएका हुन । महिलालाई न्यानो पच्छौरा र पुरुषलाई न्यानो टोपी, गलवन्दी वितरण गरिएको छ । जुम्ला जिल्लाकै जेष्ठ नागरिक एक सय ४ वर्षीया हरिकला डाँगी लगायत ६३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा दिइएको हो ।
जुम्लाको तापक्रम मंसिरको पहिलो सातमै माइनसमा झरेको छ । आफ्नो जन्मदिनमा फजुल खर्च गर्नु भन्दा थोरै भएपनि जाडोमा जेष्ठ नागरिकलाई राहत होस भनेर न्यानो कपडा वितरण गरिएको सुर्य डाँगीले बताए ।अहिले जन्मदिन मनाउन पश्चिमी संस्कृति हावी भएको बेलामा डागीले एक असल सर्जन व्यक्तिले गर्ने कार्य गरेको पुर्वराज्य मन्त्री गोमा कुवँरले बताइन । उनले भनिन, जेष्ठ नागरिकलाई न्यानो कपडा उपलव्ध गराएर मनाउनु धेरै सरानिय कुरा हो । जन्मदिनमा केक काट्ने होटल बारमा फजुल खर्च गर्ने धेरै छन् । तर पनि हाम्रो समाज यस्तो व्यक्ति छन् जसले समाजमा सकारात्मक प्रभाब पर्ने गरी काम गर्ने गरेको उनले बताइन् ।
जन्मदिनमा फजुल खर्च जोगाएर जेष्ठ नागरिक सम्मान गर्नु र उनीहरु प्रति आदारप्रकट गर्नु धेरै असल कार्य भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने जन्मा दिन पर्दा जुम्लामा पनि होटल, रेष्टुरामा फजुल खर्च गर्ने धेरै छन् । तर उहाले फजुल खर्च जोगाएर जेष्ठनागरिकलाई माया रुपी चिनो प्रदान गर्नु भएकोमाम आभार प्रकर्ट गर्दछु । सबै नागरिककले फजुल खर्च जोगाउनु पर्दछ ।
थोरै भएपनि समाजको उन्नती र प्रगतिका लागि काम गर्नु पर्नेमा उनले जोड दिए ।डागीले ६३ जना जेष्ठ नागरिक, ३ जना सहिद परिवार र ५ जना अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेका हुन ।त्यस्तै चन्दननाथ नगरपालिका –५ जुम्लाका नेकपा जिल्ला कमिटि सदस्य तथा युवा उद्यमी मनोज बुढाथोकी मगरले आफ्नो जन्मदिनको खर्च काटेर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषण गरेका छन् ।उनले ३४ औं जन्मदिनका अवसरमा आविष्कार केन्द्रको खातामा दुई हजार रकम जम्मा गर्दै अब प्रत्येक महिना २८ गते रकम जम्मा घोषण गरेका हुन् ।

सम्बन्धित समाचार