प्रशासन कार्यालको टोकन प्रणाली सेवा प्रभावकारी बन्दै
दिलमाया शाही
जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’प्रभाकारी बन्दै गएको छ । पछिल्लो समयमा सेवाग्राहीको भिड कम गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले लागु गरेको टोकन प्रणाली’ प्रभाबकारी बन्दै गएको छ । दुई महिनादअघि शुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो । सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ त्यही अनुसार सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने ‘सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ । त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको हो ।साहयक प्रमुख जिल्ला अधिकारी ओम प्रकास देवकोटाले भने यो प्रर्णालीले भिड कम गर्न र काममा पारदर्शिता ल्याएको छ ।’ उनले भने कोरोनाबाट बच्न, बचाउन, र, पहुँचवालाले सेवा लिनका लागी पालो उछिनेर जाने प्रवृति समेत निरुत्साहित भएको छ । सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति शुरु गरिएको हो । प्रशासनको यस्तो कार्याले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको छ । प्रशासनको सेवा प्रति पछिल्लो समयमा जनस्तरमा पनि सकारात्मक प्रभाव परेको छ ।, ‘अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ । टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क भएस सेवा लिएका छन ।’ जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले भने पहिले भन्दा अहिले नागरिकता लिन सजिलो भएको रहेछ ।उनले भने टोकन प्रणालीले हामी जस्ता आवाज विहीन नागरिकलाइ सहयोग पुर्याएको छ ।
इलेक्ट्रोनिक टोकन प्रणालीको ब्यवस्था गर्ने

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अहिले कडा कागज वा गोटीमा लेखेर भए पनि टोकन प्रणाली शुरु गरिएको बताए । उनले भने अब थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली शुरु गर्ने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको छ । उनले बजेट अभावले यसलाई अझ बढी व्यवस्थित बनाउन सकिएको अबस्था छैन । गृह मन्त्रालयमा यसका लागि सहयोगको माग गर्नुपर्ने अवस्था भइरहेको छ । ‘करिब दुई लाख ५० हजारमा मेसिन आउँछ भन्ने सुनेका छौँ । उनले भने यो मेसिन ल्याएमा बैंक जस्तै आवाजमा विद्युतीय प्रणालीबाट सेवाग्राही बोलाउने काम गर्नेछौ। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले प्रशासनको सेवा नागरिक मैत्री बनाउन अहिले बाहिर माइक जोडिएको बताए । उनले भने, ‘टोकनवाला व्यक्ति अर्थात् सेवाग्रहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको छ । युसले गर्दा थप सजिलो भएको छ ।माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ ।’तीन महिनाअघि पद बहाली गरेकी प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ समेत सार्वजनिक गरेका थिए ।








