प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटर उपलब्ध

दिलमाया शाही
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई दुईवटा भेटिलेटर उपलब्ध गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको हो । प्रतिष्ठानका अधिकृत अमृत भण्डारीले भने स्वास्थ्य सेवा विभागले दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको छ। ,“सरकारले दुई भेन्टिलेटर दिए पछि थप सजिलो भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगलले बताए । उनले भने यस अघि प्रतिष्ठानमा १० वटा आईसोलेशन र ६ वटा भेन्टिलेटर थिए । अव मन्त्रालयले दुईवटा थपेपछि ८ वटा भेन्टिलेटर भएका छन् । नेपाल सरकार स्वास्थ्य विभागले अन्य थप दुई भेन्टिलेटर एक केही दिनपछि प्रतिष्ठानलाई उपलब्ध गराउने भएको छ ।जिल्लामा लक्षण चिन्ह सहितका विरामीहरु बढ्ने सम्भावना भएपछि भेन्टिलेटर आवश्यक हुने भन्दै यस अघि जिल्ला विपत व्यवस्थापन समितिको वैठकले समेत जिल्लामा भेन्टिलेटरका लागि माग गर्ने निर्णय गरेको थियो ।

अहिले सम्म भने कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । तर आईसोलेशनमा रहेका विरामीलाई जाँच गर्दा दुईजनामा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ । भेन्टिलेटर बढ्ने बित्तिकै केही ढुक्क हुने भएको प्रतिष्ठानको भनाइ छ । जुम्लामा अहिले सम्म तीन सय ७९ जनालाई कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी ओमप्रकाश देवकोटाले बताए ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीभरीे विशेषज्ञ डाक्टर पठाएर वा विभिन्न प्रकारका कार्यक्रमहरु गरेर कोरोना रोकथामका बिषयमा काम गर्दै आएको छ । प्रतिष्ठानले कर्णालीभरी हवाई वा पैदल मेडिकल मार्च गरेर समेत भारत र तेस्रो मुलुकबाट आएका र संकास्पत व्यक्तिको स्वाव संकलन गरि परीक्षण समेत गरेको थियो । प्रतिष्ठानले बुधवार सम्म २७ हजार चार सय ७० जनाको कोरोना परीक्षण गरेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।