नेपाली कम्युनिस्ट पार्टी जुम्लाद्वारा पालिका स्तरीय धन्यवाद तथा समीक्षा कार्यक्रम आयोजना
जुम्ला: भर्खरै सम्पन्न भएको निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी जुम्लाले पालिका स्तरीय मतदातालाई धन्यवाद ज्ञापन तथा निर्वाचन समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ।पार्टीका अनुसार निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भए पनि यस पटकको प्रतिस्पर्धा केवल उम्मेदवारहरूबीच मात्र सीमित नभई मानौँ गणतन्त्र र राजतन्त्रबीचको विचारको संघर्ष जस्तै बनाइएको थियो। केही दलहरूले आफ्नो अस्तित्व जोगाउनु भन्दा पनि विकास प्रेमी उम्मेदवार नरेश भण्डारीलाई हराउनै मुख्य लक्ष्य बनाएको आरोप पार्टीले लगाएको छ।
यति धेरै घेराबन्दी हुँदाहुँदै पनि पार्टीका उम्मेदवारले पाएको सम्मानजनक मतलाई जनताको विश्वास र पार्टीको विचारप्रतिको बलियो समर्थनका रूपमा लिइएको पार्टीले जनाएको छ। निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि पार्टीले आफ्नो वैचारिक आस्था जोगाउन सफल भएको उल्लेख गर्दै, हार अन्तिम नभई विचारको लडाइँ अझै बाँकी रहेको जनाएको छ।
पार्टीले विभिन्न पालिकामा धन्यवाद तथा समीक्षा कार्यक्रम यस प्रकार तय गरेको छ। गुठिचौर गाउँपालिकामा फागुन २५ गते बिहान ७ बजे,पातारासी गाउँपालिकामा फागुन २५ गते दिउँसो साढे एक बजे,चन्दननाथ नगरपालिकामा फागुन २६ गते बिहान ७ बजे ,तातोपानी गाउँपालिकामा ,फागुन २६ गते दिउँसोसाढे एक बजे ,तिला गाउँपालिकामा फागुन २७ गते बिहान ११ बजे,हिमा गाउँपालिकामा फागुन २७ गते दिउँसो १ साढे एक बजे बजे,सिंजा गाउँपालिकामा , फागुन २८ गते बिहान ११ बजे,कनकासुन्दरी गाउँपालिकामा फागुन २८ गते दिउँसो २बजे उक्त कार्यक्रममार्फत पार्टीले मतदातालाई धन्यवाद दिनुका साथै निर्वाचनका अनुभव, कमजोरी र आगामी रणनीतिबारे छलफल गर्ने नेपाली कम्युनिस्टपाटी जुम्लाले जानकारी दिएको छ ।







