जुम्लामा समानुपातिक तर्फ मत परिणाम सार्वजनिक
जुम्ला : मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (तारा) ले सबैभन्दा बढी १०,२०२ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेस (रूख) ले ९,३६० मत प्राप्त गरेको छ भने एमाले ले ६,०२९ मत पाएको छ। हलो चुनाव चिन्हले ६,५५२ मत प्राप्त गरेको छ। यसैगरी घण्टी ले ५,११८ मत, मादल ले १,४२१ मत र आँखा चिन्हले २५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै नेपाल जनता पार्टी ले ४१ मत प्राप्त गरेको छ भने गुलाबको फूल चिन्हले १०८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।






