जुम्लामा ५७.४४ प्रतिशत मत खस्यो, मतगणना भोलि बिहान ७ बजे देखि हुने
जुम्ला : जुम्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। ५७.४४ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि भोलि बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको छ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लाभर रहेका ११० वटा मतदान केन्द्रबाट प्राप्त विवरणअनुसार महिला २१ हजार १४६ र पुरुष २० हजार ६४ गरी जम्मा ४१ हजार २१० मत खसेको हो।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जिल्ला प्रशासन तथा सुरक्षा निकायले जनाएको छ।







