ज्ञानेन्द्र शाहीले मौन अवधिमा बनाइएको विवादास्पद भिडियो आफैले हटाए

जुम्ला : मौन अवधिमा संगिता आचार्यको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उठेको विवादका बीच ज्ञानेन्द्र शाहीले उक्त सामग्री हटाएका छन्। भिडियोमा उनले पाैवा होटलको झ्यालबाट दृश्य कैद गरेको देखिएको छ। भने शाहीले भ्रम फैलाउन बनाएको भिडियोमा संगिता आचार्य घाम ताप्दै फोनमा कुराकानी गरिरहेकी छन ।उनले आफ्नाे आवाजमा भिडियो बनाई नरेश भण्डारीका भाइ बुहारीले आफू बसेकाे घर घेराहालेकाे भन्दै कालिखाेली चाेकमा बसी रहेका केटाहरुलाई गुण्डा भनि आफ्नै फेसबुकबाट सार्वजनिक गरेका थिए ।उक्त भिडियाे उनले पाैवा हाेटलकाे झ्यालबाट बनाईएकाे बत्तिकाे तर समेत देखिन्छ।
भिडियो सार्वजनिक भएपछि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै विभिन्न पक्षबाट आलोचना भएको थियो।शाहीले सामाजिक संञ्जालमा लेखेका छन, प्रमुख जिल्ला अधिकारीको आग्रहमा सो भिडियो डिलिट गरेको छ ।उनले ज्ञानेन्द्र शाही नामक फेसबुक आईडिबाट जानकारी दिएका छन ,आफुले गलत भिडियो पाेस्ट गरेकाे लाज ढाक्नका लागि शान्तिपूर्ण र मर्यादित निर्वाचनका लागि भिडियो डिलित गरेकाे बताएका छन । उनको यो पोस्टले मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार वा मत प्रभावित पार्ने सामग्री सार्वजनिक गर्न मिल्दैन भन्ने ज्ञान नभएका रहिछन भन्ने बुझिन्छ ।यदि उनले बुझेका थिए भने मौन अवधिमा आचारसंहिता विपरीत यस्ता गलत कार्य किन गर्थें ? अहिले आफ्नाे गलत लुकाउन यस घटनालाई निर्वाचन मर्यादित र अनुशासित वातावरणका बनाउनका लागी उक्त पोस्ट हटाएको परिभाषा दिएका छन । 






