जुम्लाको हवाई सेवामा चरम अव्यवस्था :टिकट अभाव, काउन्टर नखुल्दा यात्रु मारमा


जुम्लाः सुरक्षित, नियमित, भरपर्दो, प्रभावकारी र सर्वसुलभ हवाई यातायातमा देखिएका समस्याबारे जुम्लामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले जुम्लाको हवाई सेवा नागरिकमैत्री बन्न नसकेको गुनासो गरेका छन्। जुम्ला नागरिक उड्डयन कार्यालयको आयोजनामा तथा जिल्ला प्रशासन कार्यलय, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश शाखा कार्यालय जुम्ला र अन्य निकायहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले हवाई सेवामा व्याप्त अव्यवस्था तत्काल समाधान गर्न आग्रह गरे।

दुर्गम क्षेत्रमा रहेका यात्रुले जहाजको टिकट नपाउने समस्या अझै समाधान हुन नसक्दा बिरामी, आकस्मिक काम तथा विद्यार्थीहरू अत्याधिक प्रभावित भएको सरोकारवालाको जिकिर थियो। नेपालगन्ज जुम्ला उडानमा टिकट अभाव, अनलाइन सेवा नहुनु, ठूला जहाज अवतरण गर्न नसक्ने समस्या र माग–आपूर्तिमा तालमेल नहुनुले यात्रु थप मारमा परेको म्ला नागरिक उड्डयन कार्यालयले बताएको थियो ।टिकट एजेन्टहरूले भाडा दर र टिकट वितरण प्रणाली पारदर्शी नभएको चिन्ता व्यक्त गरिएको छ । जिल्ला प्रशासन जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एयरलाइन्सहरूले अनिवार्य रूपमा काउन्टर सञ्चालन गर्नुपर्छ भन्दै यस्तो नगरे कडा कानुनी कारबाहीको चेतावनी दिए।
त्यस्तै चन्दननाथ नगरपालिका उपमेयर रामदेवी खड्काले निजी एयरलाइन्सले काउन्टर खोल्न हिच्किचाउँदा साधारण नागरिक टिकट नपाई प्रभावित हुने गरेको बताइन्। नगरप्रमुख राजु सिंह कठायतले जुम्लाको विगत सँग तुलना गर्दै हवाई सेवा क्षेत्रमा अझै पनि पुरानै शैलीको अव्यवस्था चलिरहेको उल्लेख गरे।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पटक पटक धेरै निर्णय भए पनि कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको बताए। उनले सबै भन्दा पहिलो जुम्ला नागरिक उड्डयन कार्याल जिम्मेवार हुन पर्ने बताए । उनले एयरलाइन्सले काउन्टर भित्र खोलेर सर्वधारणलाई टिकट पाउन मुस्किल भएको बताए ।
त्यस्तै ाष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले जुम्ला विमानस्थलमा यात्रुका अधिकार सर्वाधिक उल्लंघन भएको बताइन।

त्यस्तै नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख प्रदिप अर्यालले विद्यमान समस्या न्यूनिकरण गर्दै सुरक्षित, सर्वसुलभ र नागरिकमैत्री हवाई सेवा सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरे। अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायहरूलाई यात्रुको अधिकार सुनिश्चित गर्न, अनलाइन टिकट प्रणाली लागू गर्न, काउन्टर अनिवार्य सञ्चालन गर्न तथा दुर्गम क्षेत्रका यात्रु बिना झन्झट सेवा पाउन सक्ने वातावरण बनाउन जोड दिइएको छ ।
जुम्लामा हवाई सेवाको अव्यवस्था, टिकट अभाव, अनलाइन सेवा नहुनु र काउन्टर नखुल्नुजस्ता समस्याले यात्रु प्रभावित भइरहेकाले तत्काल सुधार आवश्यक रहेको सरोकारवालाको धारणा रहेको थियो । यस बिषयमा निणर्य गर्नका लागी सोमबार फेरि बैठक बस्ने भएको छ ।

 

सम्बन्धित समाचार