जुम्लाको इमिल्चाका नागरिक संचारविहीन,टावर निर्माणमा अनियमितताको शंका

जुम्ला : तातोपानी गाउँपालिका–८ टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछाली र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घण्टौँ पैदल हिँड्न बाध्य छन्। उनिहरुले डिजिटल युगमा पनि संचार सुविधाबाट वञ्चित रहनु परेको अवस्था स्थानीयले ठूलो विडम्बना र राज्यको लापरवाहीका रूपमा व्याख्या गरेका हुन ।

उक्त क्षेत्रमा स्थानीय सरकारले संचार सुविधा पुर्‍याउने आश्वासन दिएका वर्षौँ भइसके पनि आजसम्म समस्या समाधान भएको छैन। नेपाल टेलिकमले थलल्या क्षेत्रमा टावर स्थापनासम्म गरेको भए पनि इमिल्चामा नेटवर्क टिप्न नसक्दा नागरिकले सेवा पाउन सकेका छैनन्।

टेन्डर लाग्यो,टावर बन्यो तर काम चल्दैन

तातोपानी ८ का वडाध्यक्ष नरबहादुर रावतका अनुसार,टावर निर्माणका लागि दुई वर्षअघि माथिबाट टेन्डर गरेको बताउछन। उनका अनुसार काम सुरु भयो टावर बन्यो तर त्यहाका स्थानियले प्रयोग गर्न पाएनन।स्थानिले तेतिवेला कामबापतको ज्याला पनि नपाएको गुनासो छ। नेपाल टेलिकमलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नगरेको बताए । वडाध्यक्ष रावतले भने,
“टावर राखियो तर नेटवर्क टिप्दैन। इमिल्चामा अर्को टावर आवश्यक छ। स्थानीयले धेरै पटक माग गरिसकेका छौँ तर टेलिकमबाट कुनै प्रतिक्रिया आएको छैन। सबै भन्दा प्रभावित २५–३० घरधुरी पूर्ण रूपमा संचार सुविधाविहीन छन।त्यहा बिरामी पर्दा समस्या छ बिद्यार्थी बाहिर गएका छन ।सबैले संचार सुविधाको अभावमा दैनिक जीवनमै कठिनाइ व्यहोर्दै आएका छन्। संञ्चार नहुदा आपत विपत्तिमा चिकित्सक वा सुरक्षा निकायसँग सम्पर्क गर्न नसक्ने अवस्थाले जनजीवन संकटग्रस्त बनेको छ।

चुनावमा वाचा,विकासमा मौनता

स्थानीयका अनुसार,चुनावको बेला नेताहरूले संचार सुविधा पुर्‍याउने आश्वासन दिन्छन ।चुनावपछि भने कसैले पनि समस्या समाधानतिर ध्यान दिएको देखिँदैन ।एक सणथानिय भने यहाबाट नेतृत्व गर्नेका सहरमा महल छन ,फाइबर इन्टरनेट र उच्च प्रविधिको सेवा उपलब्ध छ,।तर यता ग्रामीण बस्ती नेटवर्क हेर्न पहाड चढ्न बाध्य हुनु राज्यका विकास नीतिमाथि प्रश्न उठ्ने विषय हो।समाचारसम्बन्धी बुझ्नका लागि नेपाल टेलिकमसँग सम्पर्क गर्दा,फोन नउठेको स्थानीयले बताएका छन्।नागरिकका टावर किन सञ्चालनमा आएन,ठेकेदार को हो,जस्ता प्रश्न अझै अनुत्तरित छन्।जनतासँगै प्रश्न उठ्छ,राज्यको बजेट खर्च भएर पनि सेवा नपाउनु,टावर निर्माणमा, अनियमितताहो रुसरकारी संस्थाको गैरजिम्मेवारीरुयी सबैबारे छानबिन आवश्यक देखिन्छ।

स्थानीयले,इमिल्चामा तत्काल नयाँ टावर स्थापना,पुरानो टावरको समस्या पहिचान गरि निर्माण गर्ने ठेकेदार र बजेट खर्चबारे स्पष्टता,नेपाल टेलिकम र स्थानीय सरकारको ध्यानाकर्षण,गरिदिन उनिहरुको माग राखेका छन्।उनिहरुले जुन समयमा सरकार डिजिटल नेपालको घोषणा गर्छ । तर उही समयमा जुम्लाका नागरिक संचार सुविधाबाट बञ्चित हुनु वास्तवमै विडम्बना हो।