जुम्लामा नयाँ प्रजिअ दिपक पौडेलको कार्यभार ग्रहण, नागरिकलाई दिईने सेवा सुधारलाई प्रथामिकता दिने
जुम्ला : जुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिपक पौडेलले मंसिर १ गतेदेखि कार्यभार सम्हालेसँगै पत्रकारहरु संग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्। स्याङ्जा निवासी प्रजिअ पौडेलले नागरिकलाई दिइने सेवा–सुविधा कति छिटो, छरितो र प्रभावकारी रूपमा उपलब्ध गराउने बताए। उनले आम नागरिकले पाउने सेवा सुविधाका विषयलाई प्राथमिकताका रूपमा लिने घोषणा गरेका छन्।
कार्यक्रममा उनले प्रशासनले प्रदान गर्ने दैनिक सेवा–सुविधामा कुनै कमी–कमजोरी नराखिने, प्रत्येक नागरिकले सहज र सम्मानित सेवा पाउने वातावरण बनाइने उल्लेख गरे। यसअघि पनि विभिन्न जिल्लामा प्रजिअका रूपमा कार्यअनुभव प्राप्त गरिसकेका पौडेलले “जिम्मेवारी बढे पनि कार्यशैली नागरिकमैत्री नै रहने बताए ।
प्रजिअ पौडेलले विकास, सुशासन र पारदर्शी प्रशासनका लागि पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। सुनेको भरमा समाचार प्रकाशित हुँदा पत्रकारिताको विश्वसनीयता क्षति पुग्ने उल्लेख गर्दै उनले तथ्यपरक र उत्तरदायी पत्रकारिता सञ्चालनको आग्रह गरे।
राम्रो कामका लागि प्रशासन र सञ्चारकर्मीबीच निरन्तर समन्वय रहने उनले स्पष्ट पारे।जुम्लामा फोहोर व्यवस्थापन अझै सन्तोषजनक नभएको भन्दै प्रजिअ पौडेलले तत्कालै सुधारका पहल थालिने बताए।
जाडोयाम सुरु हुन लागेको अवस्थामा नागरिकका सरोकार, स्वास्थ्य जोखिम र जाडोयाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए।
बढ्दो सामाजिक समस्याकाे रहेकाे लागूऔषध दुरुपयोग, अनलाइन ठगी,चेलीबेटी बेचबिखन, चोरीका घटना,बढ्दै गएकाले प समुदायस्तरमा सचेतना कार्यक्रम विस्तार गर्नु अत्यावश्यक भएको पत्रकारहरुले सुझाव दिएकाछन ।
पत्रकार दिलमाया शाहीले संवेदनशील स्थानमा सुरक्षा सक्रिय बनाउन सुझाव दिएकी छन । उनले, जिल्ला अदालतजस्ता संवेदनशील क्षेत्रमा हुने मुद्दाका थुनचेक बहस भई रहदा नारा जुलुस र, ढुँगामुढा हुदा समेत सुरक्षाले त्यस तर्फ ध्यान दिएकाे बताईन । उनका अनुसार मालपोत सेवामा ज्येष्ठ नागरिक संग जाेडिएकाले कार्यालय सहज ठाउमा हुनु पर्ने बताईन।
पत्रकारहरूको सुझावप्रति संवेदनशील रहँदै प्रजिअ पौडेलले सुरक्षा निकायसँग समन्वय गरेर दृश्यात्मक मात्र नभई प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले म प्रजिअ भए पनि हामी सबै नागरिककै हितमा काम गर्ने प्रशासन बनाउने बताए ।उनले भने जुम्लामा सुशासन, सेवा–प्रवाह र विकास निर्माणलाई गति दिन प्रशासन आफू पूर्ण रूपमा तयार रहेका छ।








