जनताको आबश्यकताको आधारमा बिकास गर्नु पर्छ ः सभापति खड्का

दिलमाया शाही
प्रत्येक स्थानीय तहले जनाताको आबश्यकताको आधारमा बिकास गर्न विकास तथा प्रविधि समितिका सभापति तथा सांसद कल्याणी खड्का बताइन । उनले भनिन स्थानिय सरकार नागरिकको नजिकको सरकार हो ,नागरिकले भोट दिएयर चुनेर पठाएका जनप्रतिनिधि हौ हामी ,त्यसैले उनिहरुको आवश्यकताको आधारमा बिकास निमार्ण गर्न अनुरोध छ । उनि समग्रह कर्णाली राजमार्गको अवस्था र विकास निर्माणका गतिविधि प्रभाबकारी भएनभएको बारेमा अनुगमनका लागि जुम्ला पुगेकी हुन ।
खड्काले स्थलगत अनुगमन पछि जुम्लाका राजनैतिकदल, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार सहित सरोकारवाला विच बिकासमा भएको ढीलासुस्तीका बारेमा अन्तरक्रिया गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा भएकोे अन्तरक्रियामा कर्णाली राजमार्गको स्तरबृद्धि सहित ठोस विकासमा बजेट अभाव भएको जुम्लाका सरोकारवालाले बताएका छन। कर्णालीमा भईरहेका विकास तथा कर्णाली , करिडोर सहितका सड्क अनुगमन गरेपछि जुम्ला पुगेकी खड्काले पहिलो कर्णालीलाई समानताको आधारमा नभई समतामुलक बजेट आवश्यक रहेको औल्याइन ।उनले भनिन कर्णाली राजमार्गका लागी सरकारलाई विशेष ध्यानाकर्षण गराउने बताइन । उनले थपिन नितिगत रुपमा सार्वजनिक खरिद ऐन संशोधन सहित धेरै कुरा परिवर्तन गरिनुपर्ने छ ।

अनिमात्रै सड्कलाई जीवनमार्ग संग जोडन सकिन्छ । उनले स्थानिय सरकारलाई बिनास हुने गरि बिकास नगर्न अनुरोध गरिन । सबै ठाउमा डोजर आतंक देखीयो , एकै गाउमा जाने सडक चार वटा ठाउमा खनिएका छन । यसले गर्दा पाढीपहिरोको जोखिम निम्तने समस्या बढी छ । त्यस्तै प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले कर्णालीको बिकासका लागी सम्मान खालको बजेट आबश्यक छ । यसका लागि संसदमा पटक पटक आवाज उठिाई रहेपनि कार्यान्वयन हुदैन । उनले भने जुम्लाको जनजीविका संग जोडीएको राजमार्ग बिजुली यहाँको प्रथामिकता रहेकाले विकास समितिले यसलाई थप जोड दिनुपर्ने बताए ।
पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्ला बिमानस्थलको विस्तार गरि कर्णालीको हव तथा फयूल सेन्टर स्थापना गर्न सर्भे भईसकेकाले कार्यान्वयनको पहलका लागि विकास समितिलाई जोड दिन अनुरोध गरेका छन । त्यस्तै जिल्ला समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले कर्णालीमा टेलिफोन सेवा र ईन्टरनेट राम्रो नभएकाले हैरान भएको छ । प्रदेश सांसद पदमबहादुर रोकायाले नाग्म गमगडि राजमार्ग अवको प्रथामिकता हुनुपर्ने जोड दिए ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले कर्णालीको बिकासको लाग्ी सबै एकजुट हुनु पर्ने बताइन । जुम्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाज, पत्रकारहरुले कर्णालीमा ठूलो बजेट नआउने आएको बजेट समेत सदुपयोग नभएको बताएका छन।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नितिमानै स्थानीय निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्ने नितिगत समस्या भएको बताए । उनले कर्णालीमा घुम्न आएपछि मात्रै राज्यका उपल्लो निकायहरुले कुरा निकाल्ने काठमाण्डौ गएपछि बिर्सिने समस्या रहेको छ ।

यसैगरी नाग्म गमगडि राजमार्गमा प्रयाप्त बजेट नभएको र छुट्याइएको बजेट समेत केही प्रतिशत मात्रै आउदा बिकासमा समस्या भएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने जुम्लाको बिकासमा हुने अनियमितता रोक्न सडक अनुगमन समिति गठन गरि अगाडि बढ्न आवश्यक रहेको छ ।अघिल्लो बर्ष विकास समितिको टोलीले हेलिकोप्टर मार्फत कर्णाली करिडोर सहितको भ्रमण गर्दा सडक मार्फत अनुगमन गर्न सूझाव दिईएको थियो । समितिका सभापतिले नेपालगंज हुदै सुर्खेत, मुगु जुम्ला र कालिकोटमा पुगेर सडकको स्थलगत अनुगमन गरिएको छ ।

सम्बन्धित समाचार