वीरेन्द्रनगरमा जुवा खेलिरहेका अवस्थामा ४ जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो २ बजेको समयमा, सोही ठाउँ बस्ने एन बहादुर शाहीले सञ्चालन गरेको महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।

प्रहरी टोलीले होटलको ३०५ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिएको हाे । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–७ बस्ने २४ वर्षीय हुकुम शाही, सोही ठाउँ बस्ने ३० वर्षीय हेमन थापा, वडा नं. ९ बस्ने ३४ वर्षीय हेमराज थापा, र ३६ वर्षीय सुरेश केसी रहेका छन्। उनीहरूको साथबाट नगद रु ४१ हजार ५ सय २५ र १२ बुक तास बरामद गरिएको छ। प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ।