जुम्लाको तातोपानी गाउँपालिका–१ राँका नजिकै सुख्खा पहिरो, सडक अवरुद्ध
जुम्ला: जिल्लाको तातोपानी गाउँपालिका–१ राँका गाउँ नजिकै सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहान साढे दश बजे तिर अकस्मात खसेको सुख्खा पहिरोका कारण सवारी आवागमन ठप्प भएको हो।
जुम्ला प्रहरीका अनुसार सुख्खा पहिरोका क्रममा ठूला ठूला चट्टानहरु सडकमा खसेका छन्। उक्त चट्टान हटाउन कठिनाइ भएकोले बाटो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक अबरुद्ध भएपछि स्थानीय बासिन्दा र यात्रुहरू अलपत्र परेका छन्। सुरक्षा निकाय सहितकाे सराेकारवालाकाे टिम आवश्यक उपकरणसहित घटनास्थलमा पुगेको जनाइएको छ।
सडक खुलाउने काम जारी रहेको र वैकल्पिक मार्गको व्यवस्था नभएकाले यात्रुहरूलाई केही समयका लागि धैर्य गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।









