तातोपानी गाउँपालिकामा कोभिड अस्पताल ।

दिलमाया शाही , ।
तातोपानी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरेको छ।तातोपानी गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको हो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ ।आवश्यक सुविधा थप्दै जाने योजना रहेको उनले बताए । उनले भने,आइसियू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको छ ।तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृतको (चिकित्सक) आवेदन नपरेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । उनले भने अहिले दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।अहिले ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।गएको चैतदेखि यता १२ जना मात्रलाई संक्रमण देखिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले बताए ।यस मध्ये ५जना निको भएर घर फर्किसकेका छन् । उनले भने पालिकाभरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । ५० बेडको गाउँपालिकामा आइसोलेसनसमेत रहेको जनाएको छ ।