रानीपोखरीको उद्घाटन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । मल्लकालीन शैलीमापुनर्निर्मित रानीपोखरी परिसरमाआयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्रअनावरण गर्नुभयो । त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरतीलिनुभयो र पोखरीमाजलअर्पण पनिगर्नुभयो । सो अवसरमा सम्माननीयप्रधानमन्त्री केपीशर्मा ओली, उपप्रधानमन्त्रीइश्वर पोखरेल एवं अन्यमन्त्रीहरुले पनिविभिन्नतीर्थस्थलतथापवित्र नदीहरुबाट ल्याइएको जलअर्पण गर्नुभएको थियो । उद्घाटनपछि शुभकामनामन्तव्यदिनुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँगपौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गतिलिएको उल्लेख गर्नुभयो र त्यसैको परिणति आज ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्नभएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवालापक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजानशुभकामनादिनुभयो । उहाँले भन्नुभयो, ‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशालखुलाक्षेत्र उपलब्धहुनेछ । कार्यक्रममा स्वागतमन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत सुशील ज्ञवालीले निजीआवास, सम्पदालगायतकापुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यहीमंसिरभित्र सिंहदरबारको मख्यभागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्रीकार्यालय सार्ने लक्ष्यसहितकामगरिरहेका छौँ । यहीपौष महिनाभित्र २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्नगर्नेछौँ ।








