गणतन्त्र दिवस मनाउने विषयमा बैठक :दीप प्रज्वलन देखी सरफाईका कार्यक्रम गरिने


जुम्लाःजुम्लामा गणतन्त्र दिवस मनाउने विषयमा जिल्ला प्रशासन कार्यालय जुम्लाले सरोकारवालाको बैठक बसेको छ ।२०८२जेठ १५गते परेको जनयुद्ध दिवस २०८२को अवसरमा जुम्लामा विविध कार्यक्रम गरी तीन दिन सम्म मनाइने भएको हो ।जिल्ला प्रशासनको समन्वयमा सरसफाइ,प्रभातफेरी, दीप प्रज्वलन,स्वास्थ्य परीक्षण र खेलकुद सामाग्री वितरण जस्ता गतिविधि गरिने भएको छ ।

जिल्ला स्थित सबै सरकारी कार्यालय, प्रतिष्ठान तथा संघ–संस्थाहरूले ,आफ्नो परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाइने छ भने,कार्यालय तथा जिल्ला वासीका घरघरमा दीप प्रज्वलन गरिने छ।यो कार्यक्रम २०८२ जेठ १४ देखि १६ गतेसम्म सञ्चालन हुने छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीका अनुसार जेठ १४ गते बिहान ८ः०० बजे कृष्ण मन्दिर परिसरमा राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थितिमा सरसफाइ कार्यक्रम सञ्चालन हुने छ।भने सोही दिन जुम्ला कारागारका कार्यालयलाई खेलकुद सामग्री वितरण गरिने छ।

त्यस्तै जेठ १५ गते बिहान ७ः०० बजे प्रभातफेरी कार्यक्रम आयोजना गरिने छ,भने जसमा विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहने छ। त्यस पछि मूल समारोह समिति अन्तर्गत विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५, १६)जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।
मंगलबार जिल्ला प्रशासनमा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले गणतन्त्र दिवस मनाउने बिषयमा जिल्ला वासी तथा सरोकारवाला सबै पक्षलाई सक्रिय सहभागिता जनाउन आयोजक समितिले आग्रह गरेको छ। जनयुद्ध दिवसलाई सुसंस्कृत,मर्यादित र जनउत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।