सिजामा भूकम्प प्रतिरोधी जलवायु अनुकूल आवास निर्माण सम्बन्धी सात दिने तालिम

जुम्ला :सिजामा भूकम्प प्रतिरोधी जलवायु अनुकूल आवास निर्माण सम्बन्धी तालिम दिएको छ ।साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला, कारीतास जर्मनी,कारीतास नेपाल र सिजा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम संञ्चालन गरिएको छ ।
मानवीय सहायता तथा विपद् पूर्व तयारी उत्थान परियोजना अन्तर्गत भूकम्प प्रतिरोधी तथा जलवायु अनुकूल चुना मिश्रित सुधारिएको माटो प्रविधिबाट आवास निर्माण सम्बन्धी सात दिने डकर्मी तालिम दिएको प्रेस नेपाल हेमराज भट्टल जानकारी दिए । उनका अनुसार उक्त तालिम २०८२ साल जेठ ५ गतेदेखि ११ गतेसम्म सिजा गाउँपालिकामा सम्पन्न संञ्चालन भएको हो।
तालिमको उद्धघाटन गाउँपालिका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष सितली रोकाया र प्रमुख अतिथि सिजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले गरेका हुन ।
त्यस्तै तालिममा कारीतास नेपालका प्रशिक्षक नरेन्द्र बहादुर के.सी.र भूकम्प प्रतिरोधी तथा जलवायु अनुकूल आवास प्रविधिसम्बन्धी विशेषज्ञ इन्जिनियर रुपेस श्रेष्ठले सहजीकरण गरेका थिए ।उनीहरुका अनुसार यस तालिमको उद्देश्य डकर्मीहरूलाई सुरक्षित, दिगो र वातावरणमैत्री आवास निर्माण सम्बन्धी व्यवहारिक सीप प्रदान गर्नु रहेको थियो। सहभागीहरूलाई चुना मिश्रित माटो प्रयोग गरेर भवन निर्माण गर्ने प्रविधि सिकाइयो, जसले भविष्यमा सुरक्षित घर निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। तालिममा १९ जना डकर्मीहरूको सहभागिता रहेको थियो ।








