सामाजिक क्षेत्रलाई प्रथामिकता दिएको हिमा गाउँपालिका ,कर्णाली प्रदेसको पहिलो बालविवाह मुक्त

जुम्लाको हिमा गाउँपालिका वबालविवाह मुक्त घोषणा गरिएको छ ।बिहेवारी २० वर्ष पारि“ भन्ने नारा सहित आइतबार एक औपचारिक कार्यक्रमको आयोजना बालविवाह मुक्त घोषणा गरिएको हो ।जुम्लाको हिमा गाउँपालिका भौतिक पूर्वाधारभन्दा मानविय विकासमा प्राथमिकता दिने उद्देश्य सहित बालविवाहमुक्त अभियानमा यस अघि देखि सक्रिय थियो । ७ वटै वडा बालविवाह मुक्त घोषण गरे पछि पालिका घोषणा गरिएको छ ।यस अभियानमा क्याड नेपाल र पेस नेपाल प्लान नेपाल, सर्वेदय नेपाल ,जस्ता संस्थाहरूको सहकार्य र स्थानीय समुदायको सक्रियताले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।

त्यस्तै संघीय सरकारका महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडिले गाउँपालिकालाई एक भब्य कार्यक्रमका विचमा वालविवाह घोषणा गरेका हुन । गाउँपालिकाले आधारभुत मापदण्ड पारगर्दै झण्डै ३ बर्षको अभियानमा वालविवाहमुक्त घोषणा गरेको छ ।

त्यस्तै गाउँपालिका महिला तथा वालवालिका प्रमुख राज्यलक्ष्मी रावलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा हिमा गाउँपालिकालाई नेपाल सरकारको राष्ट्यि रणनिति २०७२ अनुसार वालविावह मुक्त गर्ने, वालविवाहमुक्त सर्वेक्षण तथा रणनिति २०७९ अनुसार वालविवाह मुक्त गरिएको हो । वालविवाहको स्थिति चुनौति रहेको थियो ।
आ.व. ०८०।०८१ १३२ जनाले विवाह गरेकोमा विवाह भएकोमा शत प्रतिशत उमेर पुगेका छन् । एक नम्बरमा १८, वडा २ मा २७ वटा, वडा नम्बर ३ मा २२, वडा नम्बर ४ मा १८, वडा नम्बर ५ मा १२, वडा नम्बर ६ मा २२ वटा र वडा नम्बर ७ मा २३ गरि जम्मा १३२ जोडिले विवाह गरेकोमा उमेर पुगेर विवाह भएको छ । उनका अनुसार गाउँपालिकाको अथक समन्वय तथा पेस नेपालको सहयोगमा गाउँपालिकाले वालविवाह अन्त्य गरेको हो । हिमा गाउँपालिकाले सूचक अनुसार काम गरेपछि बालबिवाह मुक्त कर्णाली प्रदेशकै पहिलो गाउँपालिका भएको छ ।


त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर शाह सुडिज्यूद्वारा हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्नु ऐतिहासिक र सराहनीय कार्य भएको बताए । उनले भने हिमाले गरेको कार्य समाज परिवर्तनको अत्यन्तै प्रेरणादायी माग हो । उनका अनुसार बालविवाहजस्तो सामाजिक विकृति अन्त्यतर्फ उन्मुख यो पहलले कर्णाली प्रदेशलाई नयाँ पहिचान दिने निश्चित छ।

त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मानवीय जीपन सँग जोडिएको कुरा बालबिवाह भएकाले गाउँपालिकाले यो कामलाई प्रथामिकतामा राखेको बताए । उनका अनुसार यो पालिकाले गरेकोबालविवाहमुक्त अभियानले स्थानीय तहको सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। उनले भने,“बालविवाह अन्त्य हुनु भनेको समाज सुदृढ हुनु हो।

यस अभियानले किशोरीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा सुधार ल्याउने उद्देश्य राखेको छ । उनका अनुसार यस अघि यस अभियानमा सडक नाटक र देउडा कार्यक्रम जस्ता जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका थिए ।

यस अभियानका क्रममा, हिमा गाउँपालिकाले बालविवाहमुक्त वडा घोषणा गर्दा, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा गरेको छ ।एक समय कर्णालीलाई पछाडि परेको, दण्डित प्रदेशको रूपमा चिनिन्थ्यो भन्ने कथनहरू अब विगतका कुरा हुनुपर्छ। आजको दिनमा कर्णाली सम्भावनायुक्त, अग्रसर र परिवर्तनशील प्रदेशको रूपमा स्थापित हुँदै जान्ने प्रयासमा छ ।यस ऐतिहासिक क्षणमा हिमा गाउँपालिकालाई, समस्त नागरिकहरूलाई, र सहयोग गर्ने सरोकारवालाहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।