जुम्लाका डिएसपी काफ्लेलाई कोरोना ।

दिलमाया शाही
जिल्ला प्रहरी कर्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेलाई कोरोना संक्रमण भएको छ । उहालाई आइतबार ज्वरो आएपनि पिसिआर परिक्षण गर्दा सोमबार कोरोना रिर्पोट पोजेटिभ देखीएको थियो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिषठानमा गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उहाँ होमआईशोलेसनमा बस्नु भएको छ । पहरी नायव उपरिक्षक काफ्ले जुम्लामा आएपछि अपराध नियन्त्रण गर्न र नागरिकको शान्ति सुरक्षा दिन दिनरात नभनि खटिने क्रममा संक्रमाण भएको हो । प्रहरी नायव उपरिक्षक काफ्लेका अनुसार पहिला ज्वरो आउदा संका लागेर परिक्षण गर्दा कोरोना संक्रमण देखिए पनि अहिले कुनै पनि लक्ष्यण नदेखिएको छैन । अहिले स्वास्थ्य अबस्था समान्य छ ।संक्रमणबाट छिटै मुक्त भएर नागरिकको शान्ती सुरक्षामा फर्किने विश्वास लिएको छु उहाले भन्नुभयो ,त्यस्तै दुइ दिन अघि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल , पुर्व राज्य मन्त्री गोमा कुवर कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघ जुम्ला अध्यक्ष रजवअलि मनियार, क्षेत्रिय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवति श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो जुम्लाका निर्देशक टेक बाहदुर रावतलाई कोरोना संक्रमण भएको थियो ।

सम्बन्धित समाचार