जुम्ला प्रशासनले थाल्यो मास्क खोइ कार्यक्रम ।
दिलमाया शाही
अन्तराष्ट्रीय बिपद, जोखीम न्युनिकरण दिवसको २०२० को अवसरमाजिल्ला प्रशासन कर्यालय जुम्लाले संचेतना तथा ¥यालि कार्यक्र गरेको छ । प्रशासनले यही २७ गते अर्थात अक्टोवर १३ तरिकमा परेको अन्तराष्ट्रीय बिपद जोखीम न्युनिकरण दिवसको अवसरमा तापाँइको मास्क खोइ कर्याक्रम संञ्चालन गरेको हो । जिल्ला प्रशासन कार्यालयले कोरोनको महामारीलाई मध्यनजर गर्दै घरदैलोमा पुगेर ताँपाइको मास्क खोइ भन्ने कार्यक्रम संञ्चालन गरेको हो । प्रशासनले सुरक्षा मापदण्ड पालन गर्न र मास्क लागाउन आग्रह गर्दा पनि नागरिकले अटेरी गरेपछि प्रशसानले सोमबार ताँपाइको मास्क खोइ कार्याक्रम गरेको हो ।
प्रशासनले यस अघि उद्योगबाणिज्य संघ बिचको छलफल बाट जुम्ला बजारको प्रत्यक टोलटोलमा स्वयमसेवक परिचालन गरेको थियो । उनिहरुले सबैले तोकिएका ठाउका ब्यापारी लाई अनियबार्य रुपमा साबुन पानी र सेनिटाइजर राख्न सुझाव दिने काम गर्ने गरेका थिए । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन प्रत्ये बस्तीमा पुगेर ताँपाईको मास्क खोइ कार्यक्रम गरेको बताए । उनले भने जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्नहामीले पटकपटक आग्रह गरेका छौ । तर नागरिकले नै मास्क आफ्ना लागी लगाउनु पर्छ भन्ने कुरा नबुझे पछि यस्तो कार्या संञ्चालन गरेका हौ ।
यो नागरिकले बुझन जरुरी छ । प्रशासनले समाजिक दुरीमा कयाम गर्न रुपमा साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न माइकिङ पनि गरेको छ ।कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालन गरे नगरेको बारेमा जानकारी लिन प्रहरी प्रशासनले पटक पटक अनुगमान गरेको छ। प्रशासनले यस अघि पटकपटक कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण गर्न ब्यापारीलाई समेत सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गर्दै आएको थियो । जुम्ला बजारका ब्यापारीले पुर्णरुपमा सुरक्षा मापदण्ड अझै पनि अपनाएका छैनन ।
साहयक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देवकोटाले भने कोरोनाको महामारी बाट बच्नका लागी नागरिक पनि जिम्मेवारी बन्नु पर्छ ।उनले भने हामीले नागरिलाई सचेत गराउनका लागी धेरै पटक यस्ता खाल्का कार्यक्रम गर्दै आएका छौ । तर यसमा प्रहरी प्रशासनले मात्रै मास्क लागाउनु होस भन्दा लागाउने ,अघिपछि लाहप्रबाही गरे यसको प्रतिफल नागरिक आफैले भोग्नु पर्छ । उनले भने हामीले अनुरोध गर्ने हो सचेत गराउने हो ,बाँकी जिम्मेवारी नागरिकको पनि हो । प्रशासनले सोमबार प्रत्येक बस्ती बस्तीमा पुगेर मास्क बाड्ने कोरोना बाट बच्ने उपायका बारेमा तयार पारिएका पम्पेलेट टाँसने माइकिङ गर्ने लगायतका सचेतनाका कर्याक्रम गरेको हो।











