वर्षेनि कालो तुसारो र खडेरीको मारमा जुम्लाका स्याउ किसान ।

जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापा बिगत्त लामो समय देखी कृर्षि उत्पादनका क्षेत्रमा काम गर्दै आएका ब्यक्ति हुन । उनका स्याउका बगंैचा पनि छन। उनि भन्छ हामी स्याउ किसान खडेरी र कालो तुसारको मारमा छौ । उनले भने कृर्षिका क्षेत्रमा काम गर्ने निकायले अनुशन्धानको पाटो हेर्न जरुरी छ । राज्यले सिचाइ र स्याउको बिमा गर्न जरुरी छ । उनले थपे कृर्षि पेसामा आबद्ध किसानको क्षेतिपुर्तिको ब्यवस्था हुनु पर्छ अनि मात्रै किसानले गरेको श्रमको महत्व खेर जादैन । उनले भने , राज्यले नै सिचाई ,घेराबार र बजारीकणको ब्यवस्था गर्न चासो दिएको छ्ैन ।उनि भन्नछन बालिनालीमा लाग्ने रोगकिरोको बारेमा किसानलाई थाहा हुदर्नै ,। किसानका लागी रोगकिरा ब्यवस्थापान मुख्य चुनौति छ । किासन बुढथापाले भने यस वर्ष जुम्लामा स्याउ उत्पादन गत वर्षको तुलनामा भन्दा आधा नै कम भयो यसले गर्दा ब्यवसायिक रुपमा लागेको स्याउ किसानलाई दैनिकी चलाउन गाहे भयो ,। कृर्षि प्रविधिकबाट कालो तुसाराका कारण उत्पादन कम भयो भन्ने सुनियो ,हामी किसानको श्रमको मुल्य उठेन ।
कृर्षि प्रविधिकहरुले भने दाना लाग्ने समयमा कालो तुषारो परी नोक्सानी गरेकाले उत्पादन ५० प्रतिशत कम भयो । यसरी किसानले वर्षेनी प्रराकृतिक प्रकोपको मार खेपीरहेका छन । तर यसको अनुशन्धान कसले गर्ने कुनै निकायको चासो छैन । ‘गत वर्ष बगैंचामा स्याउ टिप्न र बेच्न भ्याइनभ्याइ भएका किसनलाई भने यस वर्ष स्याउको वोटमा दाना कम लागे पछि ‘किसानको आम्दानी घटेको छ। स्याउ सुपोरजोन कार्यालय पनि केही समयदेखी स्याउको पकेट ,ब्लक र जोनको क्षेत्रमा काम गर्दै आएको छ ।\

यसरी स्याउको क्षेत्रमा काम गरी रहदा साना किसान मारमा परेको भन्दै अब सुपोरजोन कार्यालयबाट हुने चार वटा काम प्रत्यक स्थानियतह बाट संञ्चालन हुने बताईको छ । प्रधानमन्त्रि कृर्षि आधुनिकिकरण परियोजना ,परियोजना कायान्वय क्यानुअलको बारेमा आइतबार जुम्लाका सरोकारवालाई जानकारी गराइएको छ । स्थानिय तहमा सुपोरजोनका केही कार्याक्रम गएपछि साना किसानलाइ राहत हुने अनुमान गरिएको छ ।स्याउ सुपनेरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले भने मिति २०७७ ।६ महिना १ गतेको मन्त्रीस्तरको निर्णयअनुसार जुम्लाका आठ वटा स्थानियतह मध्य ४ वटा स्थानिय तहमा स्याउ र ओखर उत्पादनका हिसावले महत्वपुण मानिएको छ । उनले भने गुठीचौर , पातारासी , चन्दननाथ नगरपालिका र तातोपानी गाउपालिका समेटिएका छन । तिला , कनकाशुन्दरी सिजा ,र हिमा गाउपलिकामा स्याउ सुपोजोन क्षेत्र बिस्तारका लागी पहल गरिदिन आग्रह गरेका कारण सुपोरजोनको प्राविधिक कार्यदलले स्थालगत्त अनुगमान गरेको छ । ति क्षेत्रहरु थप ओखर र स्याउको बिद्धी हुने हिसावले कार्याक्रम लागु गरिने छ । तापानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानेले भने कृर्षि क्षेत्रको उत्पादा बढाउने हो भने ,सबै भन्दा पहिला घेरा बार सिचाइ र रोगकिरा ब्यवस्था गर्न आबश्यक छ ।

सम्बन्धित समाचार