जुम्लामा अखाद्य बस्तु विक्री बितरण हुदै ।

दिलमाया शाही
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा अखाद्य बस्तु विक्री वितरण हुने गरेका छन् बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको संयोजकत्वमा शनिबार अनुगमन गर्दा अखाद्य बस्तु विक्रीवितरण भइरहेको भेटिएको हो ।जुम्ला बजारमा खाद्य तथा किनार पसल, होटल, जनरल स्टोरलगायतका व्यापार व्यवसायीमा अनुगमन गर्दा अखाद्य बस्तु विक्रीवितरण गरेको पाईएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम प्रसाद उपाध्यायले बताए उनले भने उपभोक्ताले सचेत रहन जरुरी छ । जुम्लाको बसपार्क लाईन, र चन्दननाथ स्कूल लाईनमा अनुगमन गर्दा अखाद्य बस्तु विक्रीवितरण गर्ने गरिएको पाईएको हो ।’
सात दिनभित्र व्यापारीलाई मूल्य सूचि टाँस गर्न, उद्देश्य थप्नु पर्ने र लगानी पुर्जी थपेर व्यवसाय गर्न भन्दै प्रत्त्येक पसलमै पुगेर पत्र दिईएको छ । उक्त पत्र दिएको सात दिनभित्र सुझाएको कुरामा सुधार नआए कानुनी कारवाही पनि गर्ने चेतवानी दिईएको हो ।’

जुम्ला बजारका ठुला व्यापारी पनि अनुगमनको जानकारी पाएपछि पसल बन्द गरेर आफ्नो कमजोरी लुकाउने गरेको पाईएको बजार अनुगमान समितिले जनाएको छ । आकृति एउण्ड प्रकृति जनरल स्टोरबाट अन्दाजी १२ हजार ५६ रुपैया, आर.वि सप्लायर्सबाट ९ हजार ९ सय, स्टार होटल एण्ड रेष्टुरेण्डबाट ५४ हजार, एलिजा जनरल स्टोरबाट पाँच सय, कर्णाली अर्गानिक हाउसबाट एक हजार ६ सय ८० रुपैया र न्यू अरिष्टन जनरल स्टोरबाट १० हजार ९ सय ९० रुपैया बराबरको सामान बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने ‘चाँडपर्व नजिकिदै गएकोले यहाँका ठुला सप्लार्यस र गाउँ तिरका साना बजारमा पनि अनगमन गर्ने छौँ ।’संयूक्त बजार अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँके, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, उद्योग बाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रहरी प्रशासन र पत्रकार सहभागिता रहेको थियो ।