एक दिनमै थपिए ४ हजार ३ सय ६४ जना सङ्क्रमित, थप १२ जनाको मृत्यु । 

पछिल्लो २४ घन्टामा नेपालमाथप ४ हजार ३६४ जनामाकोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले दिएको जानकारी अनुसार २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएकोमा ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमामन्त्रालयकाप्रवक्ता डाक्टरजागेश्वर गौतमले हालसम्मकुल सङ्क्रमितको संख्या९८ हजार ६१७पुगेको जानकारी दिनुभयो । देशभरी सक्रिय सङ्क्रमितको संख्याहालसम्म २६ हजार ६८४जना रहेको डाक्टर गौतमले बताउनुभयो । हिजोमात्रै ३ हजार ४३९ सङ्क्रमितथपिएकाथिए ।

२४ घण्टामा २ हजार ६७५ जनाकोरोना सङ्क्रमणमुक्तभएर घर फर्किएकामन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्यमन्त्रालयकाअनुसार मृत्यु हुनेमाचार जनामहिला र आठ जनापुरुष छन् । सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुषतथा७९ वर्षीया महिला, ललितपुरका७३ वर्षीया महिला, भक्तपुरका८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीनपुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतका८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । यससँगै नेपालमाकोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ।