बहुमतले टुङ्गीयो प्रदेशनम्बर ५ को नाम र राजधानी ।
प्रदेश नम्बर ५ को नामलुम्बिनीप्रदेश र राजधानीदाङको देउखुरी क्षेत्रलाई तोेकिएको छ । लामो समयको प्रतिक्षा र राजनीतिकप्रतिष्ठा बनेको प्रदेश ५ को स्थायी राजधानी र नामहिजो तोकिएको हो । बुटवलमा तोकिएको राजधानी दाङ सार्ने निर्णय गरेसँगै आन्दोलनचर्किएको थियो । विपक्षी नेपालीकाँग्रेस सहित बुटवलमा नागरिकहरूले विरोध प्रदर्शन गरेपनिबाक्लो सुरक्षाकर्मी र निषेधाज्ञा लगाएर बहुमतबाट स्थायी राजधानी र नामको भने टुंगो लागेको छ । ३२ महिनापछि प्रदेश ५ को नामलुम्बिनी राखिएको छ भने स्थायी राजधानी दाङ देउखुरी क्षेत्रको भालुवाङलाईतोकिएको छ ।

प्रदेशसभामाविपक्षी नेपालीकाँग्रेस र केहि सांसदहरुले बहिष्कार गरेपनि राजधानीको पक्षमादुई तिहाई बढि मतप्राप्तभयो । सभामुख पूर्णबहादुर घर्तीले दाङको देउखुरी क्षेत्रलाई राजधानीबनाउने विषयबहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । राजधानीकाबिषयमा बुटवल र दाङ पक्षमाप्रदेशसभाका सांसदहरु विभाजितथिए । सरकारले प्रदेशसभामा प्रस्ताव लगेसँगै बुटवलमा आन्दोलनचर्किएको थियो । तर, नेकपाले केन्द्रीय पार्टीअध्यक्षको निर्देशनमाह्वीप लगाएपछि राजधानीमादुई तिहाई मत सहजै पुग्यो । नेकपाका ६०, विपक्षी नेपालीकाँग्रेसका राप्ती र भेरीका ५ सांसद तथाजनता समाजवादीका ४ सांसदले पक्षमै मतदान गरे । जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका एक सांसदले भने राजधानीमामतदिएनन् ।

नाममाभने विपक्षीकाँग्रेसका सांसदले समेत मत दिएपछि विपक्षीमाचार मतमात्रै खस्यो । भित्रै राजधानी र नामको टुङ्गो लगाउनमतदानचलिरहँदाप्रदेशसभाबाहिर भने प्रदर्शन चर्किएको थियो । तर चारैतिर सुरक्षाकर्मी तैनाथ गरेर राजधानी र नामाकरण टुंगिएको हो । सरकारले ल्याएको राजधानीको प्रस्तावउपर नेपालीकाँग्रेस र जसपाले संशोधनदर्ता गराएको थियो । दुईतिहाईभन्दा बढि मतबाट स्थायी राजधानी र नामको टुङ्गो लागेपनि बुटवलमा भने विरोध कायमै छ ।