चन्दननाथ मन्दिरका चोरी भएको दुई मुर्ति फेला, संकास्पद तीन जना पक्राउ
दिलमाया शाही
२०७३ साल मंसिर ११ गते राती चारी भएका चन्दननाथ मन्दिरका दुइ मुर्ति फेला परेका छन । करिव पाँच वर्ष पहिले हराएका मुर्ती सोमबार फेला परेका हुन । प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मध्ये थप दुई बहुमुल्य पुरातात्विक मुर्ति भेटिएका छन् । चोरी भएका दर्जनौ बहुमुल्य मुर्ति मध्य प्रहरीले विष्णु र भगवती ,सरस्वतीको मुर्ति भेटाएको हो । विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः १५ बजे चन्दननाथ नगरपालिका १० बोहोरा गाउँ स्थित रहेको शुसिल विष्टको खेतमा दुई मुर्ति भेटिएका हुन । जिल्ला प्रह्री कार्यालय जुम्लाका प्रहरि नायव उपरिक्षक माधव काफ्लेका अनुसार खेतकोे आलीमा सुकेको घाँसको थुप्रोमा दोर्सलामा बेरिएको अबस्थामा मुर्ति भेटिएका हुन । उनले भने दुईथान मुर्ति संगै उक्त घटनामा संग्लन तीन जना संकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका १० निवासी ३२ वर्षिया शुसिल विष्ट, तातोपानी गाउँपालिका ८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने २८ वर्षका जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै वर्ष २३ का सुदिप रावललाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रकाउ गरीएका तिन जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरीने छ ।
जिल्ला प्रहरी कार्यालयले आ.ब.०७७र०७८ बिभिन्न मुद्धाका अदालतबाट दोषी ठहर भई फरार २४ जना अभियुक्तलाई पक्राउ गरी जुम्ला जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताए । उनले भने उनिहरबाट .४३ लाख एक हजार ७ सय सन्तानब्य अढसठ्ठी पैसा जरिवाना र पन्ध वर्ष ३ महिना २१ दिन कैद असुली गरिएको छ ।त्यस्तै अनुसन्धानको क्रममा फरार २३ प्रतिवादी लाई पनि पक्राउ गरिएको छ ।
यस अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, तत्कालिन डिएसपी लालबहादुर धामी नेतृत्वको टोलीले पनि लागु औषध र चोरी नियन्त्रणका लागि गाउँगाउँमा छापा मार्ने क्रममा चन्दननाथको मुख्य दत्तत्रियको मुर्ति भेटाएको थियो जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सुरक्षाकर्मीलेको यो सफलताले सबै चोरी डकैती लागायतका बिसंगतीहरु न्युनिकरण हुने आशा व्यक्त गरका छन । २०७३ साल मंसिर ११ गते राती चारी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले समेत जुम्ला पुगेको थियो।









