जुम्लाको गुठिचौर गाउँपालिका द्धारा आफ्नै एफ एम स्थापना ।

दिलमाया शाही
जुम्लाको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो एफ एम स्थापना गरेको छ ।गाउँपालिकाका जनतामा सूचनाको पहुँच पुरयाउने उद्देश्यले आफ्नै एफ एम स्थापना गरेको हो । “९८.४ मेघाहर्जको उक्त रेडियो गुठिचौरको” अहिले परीक्षण प्रसारण गरिएको गाउँपालिका नायव सूब्बा मोति प्रसाद जैसीले बताए । उनले भने गाउँपालिकाको रेडियो स्थापनाका लागि हाल सम्म रु २४ लाख लगानी भएको र अन्य बिस्तारका लागि, आवश्यक सामग्री र पूर्वाधार जोडिदै गरेको जैसीले बताए । उनले भने रिले टावर स्थापना गर्नका लागि समेत बजेट विनियोजन भईसकेको छ ।

नायव सुब्बा जैसीका अनुसार अहिले रेडियो स्थापना भएपछि कोराना भाईरस रोकथाम देखी विभिन्न प्रकारका सूचनाहरु जनतालाई निशुल्क दिन सजिलो हुने भएको छ ।गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भने विकासका विभिन्न क्षेत्र मध्य सुचना तथा सञ्चार क्षेत्र निकै महत्वपूर्ण भएकाले संवैधानिक अधिकार र गाउँपालिकाको कार्यविधि अनुसार रेडियो स्थापना गरिएको छ ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले भने गाउँपालिकाका हरेक गतिविधि जनताले पाउने अधिकार भएकाले अव रेडियो मार्फत बढि भन्दा बढि सूचना प्रदान गरिने छ । रेडियो गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका सहित विभिन्न क्षेत्रमा सुनिने गरेको छ । रिले बिस्तारका लागि चाडै चिमारामा रिले स्टेशन राखिने तयारी भईरहेको छ ।

रेडियोमा काम गर्ने कर्मचारीहरुको सेवा सुविधा सुनिश्चित गर्न स्थानीय सरकारले कार्यविधि समेत बनाईएको र अव गाउँसभाबाट पारित गर्ने तयारी भईरहको छ । रेडियोको रिले टावर बनाएमा गाउँपालिका दुई हजार पाँच सय घरधुरी लाभान्वित हुने सहित जुम्लाका अन्य गाउँपालिका, जाजरकोट, मुगु र डोल्पामा समेत रेडियोको पहुँच हुने गाउँपालिकाले जनाएको छ ।गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडिले हामीले अन्य भौतिक तथा सामाजिक विकास पनि गरिरहेका छौ । तर पनि हाम्रा काम जनताले सजिलै जान्नुपर्छ र जनतालाई जानकारी दिनुपर्छ भन्ने उद्देश्यले रेडियो एफ स्थापना गरेका हौ । गाउँमै रेडियो स्थापना भएपछि स्थानीय खुशी भएका छन् ।