हुम्लामा परपुरुषसंग यौनसम्बन्ध राखेको आरोपमा ,कपाल मुन्डन गरि दिशा खुवाउनेलाई प्रहरीले ग¥यो प्रकाउ ।

 

दाने बोहोरा हुम्ला

हुम्ल सिमकोट गाउँपालिका ७ डाँडाफया स्थानीयले परपूरुष संग यौन सम्बन्ध गरेको आरोपमा कपाल मुन्डन गरी दिशा खुवाएको बिषय लाई लिएर प्रहरीले पक्राउ गरेको छ ।वडा सात निवासी २६ वर्षिया  गाधीराज शाही र भाउजू नाता पर्ने २३  वर्षिया महिला संग यौन सम्पर्क राखेको भन्दै श्रीमान सहित ओखरेन गाउँका स्थानिय सबै मिलेर दुबैजनालाई मुखमा दिशा खुवाउनुको साथै कपाल काटेर,जुताकोमाल लगाई कुटपिट गरेका थिए । उक्त बिषयलाई लियर  जिल्ला प्रहरी कार्यालय हुम्लाले ओखरेन गाउँका स्थानिय लाई  प्रकाउ गरेको बताएको छ।

त्यो घटनामा संलग्न रहेका आफन्त जनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय हुम्लामा प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले बताए । उनले भने ओखरेन गाउँका स्थानियले देवरभाउजु नाता पर्ने दुबैजनाले अनैतिक सम्बन्ध राखेको भन्दै गाउँले सबै मिलेर सामाजिक अपराध कार्य गरेको बताएका छन  ।

आफुहरुले एक आपासमा मोबाईल फोन साटासाट गरेको विषयलाई लिएर गाउँले सबै मिलेर कपाल काट्नुका साथै निर्घात कुटपिट गरेको २६ वर्षिय गाधीराज शाहीले  बतएका छन । उनले भने  अनुसार आफुहरु झण्डै एक महिना देखि फोन सम्पर्कमा रहेको भएता पनि १५ गते राति यौन सम्पर्कमा नरहेको भए पनि गाउँले सबै मिलेर कुटेका हुन् ।

बिहिबार राति दुबै जनाले यौन सम्बन्ध राखेको भन्दै शुक्रबार दिनभर दुबैजनालाई जुताको माला लगाएर गाउँ घुमाउनुको साथै प्रहरी नपुग्दा सम्म कुटपिट गरेको उनिहरुले  बताएका छन् ।

उनीहरु दुबै जनलाई जुत्ताको माला लगाएर गाउँभर डुलाएको पाइएको हो ।  पिडित महिलाकाअनुसार आफू आफन्त नेत्र नाम गरेको घरमा सुतेको , श्रीमान लेख तिर गएको तर राति २ बजे तिर आएर श्रीमान सँगै सुतेको बताइन ।  उनले भनिन ,बिहिबार साँझ देवर नाता पर्ने पुरुष सँग घर नजिकैबाटोमा मोबाइल चलाउने क्रममा मोबाइल साटियको रहेछ, बिहान थाहा भयो त्यहि विषयलाई लिएर आफुहरुलाई गाउँका सबैले कुटपपट गरे बताइन ।  उनले भनिन,श्रीमानले कपाल काट्यो, बाटोमा भएको दिशा खुवायो । पुरुष र महिला दुबै जनाको कपाल काट्नुका साथै निधार, हात, र तल्लो शरिरमा निर्धात कुटपिट गरेको देखिएको छ ।

उता श्रीमान गाउँहरुले ती दुबै जनाले अनैतिक काम गरे यौन सम्बन्ध राखेर रंगेहात भेटाएको बताएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुबेदिले  जानकारी दिएका छन  । गाउँहरुले आफुहरुले कपाल काटेको, कुटपपट गरेको तर दिशा नखुवाएको , जुत्ताको माला लगाएको गाउँ डुलाएको बताउदै आएका छन् ।उनिहरु दुबैजनाले नैतिक व्यवहार गरेको भयपनि कानुनलाई आफ्नो हातमा लिएको भन्दै  उनिहरु माथि कुटपिट गर्ने, कपाल काट्ने, दिशा खुवाउनमा संलग्न हुने, श्रीमान सहित ८ जनालाइ  हुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।